PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

[अपडेट] जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका १२ मध्ये ७ जनाको शव फेला



पी बी खड्का

[अपडेट] जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका १२ मध्ये ७ जनाको शव फेला

सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका ४ स्थित सार्कीगाउँमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका १२ मध्ये ७ जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेटिएका ७ मध्ये ४ जनाको सनाखत भएको र बाँकीको भने पहिचान खुलेको छैन। सनाखत हुनेहरुमा सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, २० वर्षीया डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्की रहेको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

बेपत्ता अन्य पाँच जनाको खोजी कार्य भइरहेको उनले बताए। बिहीवार राति आएको पहिरोले बारेकोट ४ को सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाएको छ।

सम्बन्धित समाचार :

जाजरकोटको बारेकोटमा बाढीले बगायो घर, पाहुनासहित १२ जना बेपत्ता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell