PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

पछिल्लो २४ घण्टामा २६ जिल्लाका १५६ जनामा कोरोना पुष्टि, यस्तो छ प्रदेशगत संक्रमणको अवस्था



विधुर ढकाल

पछिल्लो २४ घण्टामा २६ जिल्लाका १५६ जनामा कोरोना पुष्टि, यस्तो छ प्रदेशगत संक्रमणको अवस्था

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २७ प्रयोगशालामा गरिएको ३ हजार ७४१ नमुना परीक्षणका क्रममा काठमाडौंसहित २६ जिल्लामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पताल प्रयोगशालामा सुनसरीका १ तथा गजेन्द्रनारायण सिहं अस्पताल प्रयोगशालामा सप्तरीका ३२ र सिराहाका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नारायणी अस्पताल प्रयोगशालामा पर्साका ७ र बाराका १ जनामा संक्रमण पुष्टि हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा सर्लाहीका २३ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा काठमाडौं, मोरङ र ललितपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा सर्लाही र रौतहटका २/२ तथा मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की र लमजुङका ६/६ जनामा संक्रमण पुष्टि भएकव छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाग्लुङ र पर्वतका १/१ तथा म्याग्दीका ६ र स्याङ्जाका २ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा रुपन्देहीका २ र प्युठानका एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, लुम्विनी प्रादेशिक अस्पताल रुपन्देहीमै भएको परीक्षणमा नवलपरासी पश्चिमका १० जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बर्दियाका १० तथा बाँके र दाङका ५/५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पताल सुर्खेतमा भएको परीक्षणमा सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेलधुराकै २ र सेती अस्पताल प्रयोगशालामा कैलालीका २५ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित निको भइ घर फर्किएका छन्। योसँगै नेपालमा ११ हजार ६९५ जना संक्रमित निको भइ घर फर्किएका छन्। जुन कुल संक्रमितको ६६.२४ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

प्रदेशगत संक्रमणको अवस्था

 

सबैभन्दा बढी संक्रमण पुष्टि भएको प्रदेश २ हो। प्रदेश २ मा चार हजार ५५१ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यहाँ २ हजार ६५९ संक्रमित डिस्चार्ज भइसक्दा ६ जनाको मृत्यु भएको र एक हजार ८८६ जना उपचारका क्रममा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

त्यस्तै, चार हजार १७२ जनामा संक्रमण पुष्टि भएको प्रदेश ५ मा हाल एक्टिभ केस ४४७ रहेका छन्। प्रदेश ५ मा १० जनाको मृत्यु भएको र तीन हजार ७१५ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हाल सबैभन्दा बढी एक्टिभ केस सुदूरपश्चिम प्रदेशमा रहेका छन्। त्यहाँ दुई हजार ३७७ एक्टिभ केस रहेका छन्। प्रदेशमा चार हजार ५४ जनामा संक्रमण पुष्टि भएकोमा ६ जनाको मृत्यु हुनुका साथै एक हजार ६७१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। 

त्यस्तै कर्णाली प्रदेशमा हाल २९६ एक्टिभ केस रहेको र त्यहाँ ४ जनाको मृत्यु भएको छ। एक हजार ८१४ जना संक्रमितमध्ये एक हजार ५१४ जना डिस्चार्ज भइसकेका छन्।

संक्रमितको संख्याको हिसाबले पाँचौं जिल्ला हो गण्डकी प्रदेश। गण्डकीमा एक हजार ३८१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ५ को मृत्यु हुनुका साथै ९४८ जना डिस्चार्ज भएका छन्। त्यहाँ हाल ४२८ जना संक्रमित उपचारकै क्रममा रहेका छन्।

वाग्मती प्रदेशमा हालसम्म ८५६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ९ जनाको मृत्यु भइसकेको छ भने ४२७ जना डिस्चार्ज भएका छन्। वाग्मतीमा हाल ४१० जना संक्रमित उपचारका क्रममा रहेका छन्। 

सबैभन्दा कम संक्रमित रहेको प्रदेश हो प्रदेश १ प्रदेशमा हाल ७९ एक्टिभ केस छन्। प्रदेशमा ८३० जनामा संक्रमण पुष्टि भएकोमा ७५१ जना डिस्चार्ज भइसकेका छन् भने त्यहाँ कसैको पनि मृत्यु नभएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए। 

यो पनि :

प्रदेश र केन्द्रको कोरोना तथ्याङ्क, न मृत्युको मिल्छ न संक्रमितको : मर्नेको संख्या ४० कि ४८?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell