PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

पछिल्लो २४ घण्टामा २७ जिल्लाका १८६ जनामा कोरोना पुष्टि, यस्तो छ प्रदेशगत संक्रमणको अवस्था



विधुर ढकाल

पछिल्लो २४ घण्टामा २७ जिल्लाका १८६ जनामा कोरोना पुष्टि, यस्तो छ प्रदेशगत संक्रमणको अवस्था

काठमाडौं : पछिल्लो २४ घण्टामा २७ जिल्लाका १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २ जना तथा कोशी अस्पतालमा भएको परीक्षणमा सुनसरीकै ४ जनासहित झापाका २ र इलामका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, प्रदेशिक प्रयोगशाला विराटनगरमा मोरङका १ र झापाका २ जनामा संक्रमण पुष्टि भएको छ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सिरहाका १ र सप्तरीका ९ जनामा संक्रमण पुष्टि हुँदा प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ कै नारायणी अस्पताल वीरगंजमा पर्साका ४ र बाराका ४६ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा प्रदेश २ को सर्लाहीका २३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

टेकुमै भएको परीक्षणमा काठमाडौंका २ र प्रदेश १ को सोलुखुम्बुका ४ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा ललितपुरकै १ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८ र लमजुङका १ तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामै भएको परीक्षणमा तनहुँका २ र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा बाँके र सल्यानका २/२ तथा रुकुम पूर्वका ७, रोल्पाका ४ र दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ। लुम्विनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवलमा भएको परीक्षणमा दाङकै १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

दैलेख पीसीआर प्रयोगशालामा दैलेखका १ तथा सुर्खेत अस्पताल प्रयोगशालामा दैलेख, सल्यान, हुम्ला र कालिकोट कालिकोटका १/१ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेतमै भएको परीक्षणमा सुर्खेतका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा डोटीका ४० र सेती प्रादेशिक प्रयोगशालामा कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ८४४ पुगेको छ। संक्रमितमध्ये ११ हजार ८६८ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन्। त्यस्तै, हाल संक्रमितमध्ये ५ हजार ९३६ जना उपचारकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर देवकोटाले जानकारी दिए।

यस्तो छ प्रदेशको अवस्था

 

सबैभन्दा बढी संक्रमण पुष्टि भएको प्रदेश २ हो। प्रदेश २ मा चार हजार ६३६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यहाँ २ हजार ६९७ संक्रमित डिस्चार्ज भइसक्दा ६ जनाको मृत्यु भएको र एक हजार ९३३ जना उपचारका क्रममा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

त्यस्तै, चार हजार १९१ जनामा संक्रमण पुष्टि भएको प्रदेश ५ मा हाल एक्टिभ केस ४१० रहेका छन्। प्रदेश ५ मा १० जनाको मृत्यु भएको र तीन हजार ७७१ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

हाल सबैभन्दा बढी एक्टिभ केस सुदूरपश्चिम प्रदेशमा रहेका छन्। त्यहाँ दुई हजार ४१८ एक्टिभ केस रहेका छन्। सुदूरपश्चिममा चार हजार ९५ जनामा संक्रमण पुष्टि भएकोमा ६ जनाको मृत्यु हुनुका साथै एक हजार ६७१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, कर्णाली प्रदेशमा हाल २९९ एक्टिभ केस रहेको र त्यहाँ ४ जनाको मृत्यु भएको छ। एक हजार ८२५ जना संक्रमित मध्ये एक हजार ५२२ जना डिस्चार्ज भइसकेका छन्।

संक्रमितको संख्याको हिसाबले पाँचौं जिल्ला हो गण्डकी प्रदेश। गण्डकीमा एक हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ५ को मृत्यु हुनुका साथै एक हजार ४ जना डिस्चार्ज भएका छन्। त्यहाँ हाल ३८४ जना संक्रमित उपचारकै क्रममा रहेका छन्।

वाग्मती प्रदेशमा हालसम्म ८५९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ९ जनाको मृत्यु भइसकेको छ भने ४५१ जना डिस्चार्ज भएका छन्। वाग्मतीमा हाल ३९९ जना संक्रमित उपचारका क्रममा रहेका छन्।

सबैभन्दा कम संक्रमित रहेको प्रदेश हो प्रदेश १ प्रदेशमा हाल ९३ एक्टिभ केस छन्। प्रदेशमा ८४५ जनामा संक्रमण पुष्टि भएकोमा ७५२ जना डिस्चार्ज भइसकेका छन् भने त्यहाँ कसैको पनि मृत्यु नभएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

यो पनि :

प्रदेश र केन्द्रको कोरोना तथ्याङ्क, न मृत्युको मिल्छ न संक्रमितको : मर्नेको संख्या ४० कि ४८?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell