PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

नक्कली सुनसँगै जफत भयो दुई थान पेस्तोल



पहिलोपोस्ट

नक्कली सुनसँगै जफत भयो दुई थान पेस्तोल

काठमाडौं : प्रहरीले बिहान अस्थायी चेक पोइन्ट खडा गरेर सवारी जाँच गरिरहँदा सेतो कपडामा बेरेर फ्याँकेको नक्कली सुनका टुक्रासँग दुई वटा पेस्तोल र दुई थान म्याग्जिन फेला परेको छ।

बिहान ९ बजे कमलादीबाट महेन्द्र सालिक आउने ठाउँमा प्रहरीले चेक गरिरहेको थियो। आकस्मिक रुपमा चेक भइरहेको देखेपछि बा ६ च ५५११ नम्बरको स्कर्पियोले रोक्न नखोजी भागेको थियो। भाग्नेक्रममा सेतो रङको कपडाको झोला फ्याँकेका थिए।

फ्याकिँएको झोला हेर्दा सुनजस्तो देखिने वस्तु र दुईवटा पेस्तोल वरामद भएको हो। कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीब्र गतिमा आएको गाडीलाई प्रहरीले रोक्न खोजेको थियो। तर झोला फ्याँकेर उनीहरु फरार भए।

फ्याँकिएको झोलामा सुनजस्तो देखिने १ केजीका ८ थान, २ सय ५० ग्रामका ८ थान, फुस्रो पहेलो रङको धातु १८ थान र ५ सय ग्रामको एक थान धातु झोलामा बरामद भएको हो।

सम्बन्धित समाचार:

प्रहरीले बरामद गरेको सुन नक्कली, एक टुक्रा चाहिँ रहेछ सक्कली!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell