PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भारतलाई जवाफ: लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो, नेपालीहरुको स्वभाविक आवतजावतमा बाधा अड्चन हुनुहुँदैन



पहिलोपोस्ट

भारतलाई जवाफ: लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो, नेपालीहरुको स्वभाविक आवतजावतमा बाधा अड्चन हुनुहुँदैन

काठमाडौं: जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि भएको बताएको छ।

भारतीय अधिकारीले पठाएको पत्रको जवाफमा दार्चुला प्रशासनले सन् १८१६ को सुगौली सन्धीअनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि भएको र नेपालीहरुको स्वभाविक आवतजावतमा बाधा अड्चन हुन नहुने बताएको छ।

भारतले जुलाई १४ मा पत्र पठाएर विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुबै राष्ट्रका प्रशासनको परेशानी बढाउन ‘भारतीय क्षेत्र’ गुञ्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न चाहेको सूचना विशेष सुत्रमार्फत प्राप्त भएको उल्लेख गर्दै नेपाली प्रशासनलाई कुनै सूचना प्राप्त भए तत्काल जानकारी गराउन अनुरोध गरेको थियो। भारतको धारचुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले पत्रमा हस्ताक्षर गरेका थिए।

नेपालका तर्फबाट पठाइएको पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर छ। 

भारतबाट पत्र आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्‍त्रालयमा जानकारी गराएको थियो। कस्तो जवाफ दिने भनेर गृहले परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको थियो। परराष्ट्रको सुझावका आधारमा गृहले आज दार्चुला प्रशासनमार्फत भारतलाई जवाफ दिएको हो।

नेपालले भारतलाई पठाएको पत्र:

भारतले नेपाललाई पठाएको पत्र :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell