PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मला प्रकरणको अनुसन्धान गर्दा 'फसेका' प्रहरीलाई अदालतले दियो सफाइ



सविन ढकाल

निर्मला प्रकरणको अनुसन्धान गर्दा 'फसेका' प्रहरीलाई अदालतले दियो सफाइ

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।

घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। 'उनीहरु सबै जनालाई सफाई दिने फैसला भएको छ।' कंचनपुर जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले भने।

उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

त्यसपछि २०७५ चैतमा डीएसपी अंगुर जिसीले ९ लाख रुपैयाँ धरौटी बुझाइ मुद्दा लडिरहेका थिए। उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग भएको थियो।

तत्कालीन एसपी दिल्लीराज विष्ट २०७५ चैत ५ गते मात्र अदालतमा उपस्थित भएका थिए। विष्टलाई प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो।

अदालतले यी दुई आरोपमा इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का र डीएसपी ज्ञानबहादुर सेतीलाई जनही ९ लाख रुपैयाँ धरौटी माग गरेको थियो। त्यसैगरी, प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको थियो। तत्कालीन एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। त्यसपछि अरु सबै प्रहरी निलम्बनमा छन्।

दुई वर्षदेखि उनीहरु अदालतको चक्कर लगाइरहेका छन्। पछिल्लो समय वैशाख ४ गते उनीहरुको पेशी राखिएको थियो। तर, देशभर भएको लकडाउनको कारण उनीहरु अदालत उपस्थित हुन सकेनन्। साउन ८ गते पुनः पेशी लिएको थियो।

त्यस्तै, निर्मला प्रकरणमा उनीहरुसँगै अन्य व्यक्तिहरु माथि पनि अदालतमा मुद्दा परिरहे। प्रहरीसँगको फौजदारी मुद्दामा अन्य देवानी मुद्दा पनि रहेकाले करिव दुई वर्ष भइसक्दा पनि निर्णय प्रकृयामा ढिलाई हुन गएको हो।

पत्रकार खेम भण्डारी बिरुद्ध विनोद भट्टले दायर गरेको प्रतिष्ठा बिरुद्धको अपराध, लेनदेनको मुद्दा, दिल्लीराज बिष्टका छोरा किरण बिष्टले खेम भण्डारी बिरुद्ध दायर गरेको गाली वेइज्जती/चरित्र हत्या मुद्दा, मेयरका भतिज आयुष बिष्टले खेम भण्डारी बिरुद्ध दायर गरेको गाली वेइज्जती/चरित्र हत्या सम्बन्धी मुद्दा, बबिता बमले खेम भण्डारी र मानव अधिकार संगठनका तत्कालीन अध्यक्ष ईन्द्रप्रसाद अर्याल (काठमाडौं) र भक्ति फुलारा बिरुद्ध दायर गरेको गाली वेइज्जती/चरित्र हत्या गरेको मुद्दा निर्मला प्रकरणमा जोडिएर एउटैमा राखिएकाले पनि फैसलामा ढिलाइ भएको थियो।

त्यसपछि, २०७७ आसार १७ गते दिपायल उच्च अदालत इजलास महेन्द्रनगरमा जिल्ला अदालत कन्चनपुरले 'लगाउ'मा राख्न गरेको आदेश विरुद्ध लगाउ फुकाई पाउँ भनी दफा -७३ बमोजिम निवेदन दर्ता भएको थियो। फरक प्रकृतिको मुद्दा भएको भन्दै असार २५ गते उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास न्यायाधीश धीरबहादुर चन्द र टेक गुरुङ्को संयुक्त इजलासले लगाउ फुकुवा गर्ने निर्णय सुनायो।

दुई वर्ष बितिसक्दा दर्जन बढी प्रहरीको छानविन समिति बने पनि अझैं निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन। सुरुका केही समय अफवाहका भरमा आएका केही समाचार, गृह मन्त्री तथा तत्कालीन प्रहरी महानिरीक्षकको हतारो र अस्पष्ट अभिव्यक्ति, डीएनए लगायत प्राविधिक पक्षमा देखिएका त्रुटिले निर्मला प्रकरण अनुसन्धानलाई झनै गिजोलिरह्यो। त्यस्तै, केही स्वार्थ बोकेका समूहको र व्यक्तिका चलखेलले पनि धेरैलाई अफवाह फैलाउने तथा प्रभाव पार्न काम गर्‍यो।

प्रहरीभित्रको छानविन समितिले बुझाएको प्रतिवेदनले केही समय अन्योलमात्र पारेन, अनुसन्धानमा खटिएका प्रहरीलाई गतल सावित गर्न झनै प्रोहत्साहित गर्‍यो। एआइजी धीरु बस्नेतको छानविन समितिले अनुसन्धान गरेर बुझाएको प्रतिवेदन नै गलत भएको डीआइजी सुरज केसी नेतृत्व समितिले ठहर गर्‍यो।

गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजालको नेतृत्वमा गठन गरेको तीन सदस्य छानविन समितिले बुझाएको प्रतिवेदनले डीएनएकै आधारमा मात्र अपराधी पत्ता लगाउन नसकिने निष्कर्ष निकाल्यो।

पछिल्लो समय विकास हुँदै गएका घटनाक्रममले सुरुमा प्रहरीले सार्वजनिक गरेका अभियुक्त तर्फ नै शंकाको सुई घुमाइरहेको छ। निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीमा दिलिपसिंह विष्ट बिरुद्ध किटानी जाहेरी समेत दिइसकेकी छिन्।

प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि सैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान व्यूरो सीआइवीबाट डीएसपीको कमाण्डमा टोली कञ्चनपुर पठाउन निर्देशन दिइसकेका छन्। टोलीले पहिले भएको अनुसन्धान र पहिले शंकाको घेरमा रहेका व्यक्तिमाथि पुनः अनुसन्धान गर्ने भएको छ।

सम्बन्धित समाचारको श्रृङ्खला:

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति

शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति  

शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट 

शृङ्खला ३० : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell