PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साँझ ७ बजेपछि नाका बन्द भनेपनि साँगामा उपत्यका प्रवेश गर्नेको भीड

साँझ ७ बजेपछि नाका बन्द भनेपनि साँगामा उपत्यका प्रवेश गर्नेको भीड

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं :  लकडाउन अन्त्य भएसँगै काठमाडौं उपत्यका प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।  सरकारले हाल एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात संचालनका लागि स्वीकृति नदिएपनि दैनिक सयौंको संख्यामा नीजि सवारीबाट मानिसहरु उपत्यका भित्रिरहेका छन्। रातको समयमा पनि मानिसहरु उपत्यका प्रवेश गरिरहेका छन्।

सरकारले बिहीवारदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। तर, नाकाहरुमा मानिसहरु आउने क्रम रोकिएको छैन।

बिहीवार रातिसम्म उपत्यका प्रवेश गर्नका लागि साँगामा मानिसहरुको भीड लागेको छ। धेरै संख्यामा सवारी साधनहरु नाकामा रोकिएका छन्।बिहान-दिउँसो उक्त नाकामा रहेका स्वास्थ्यकर्मीहरुले आउनेहरुको पीसीआर परीक्षणका लागि उनीहरुको स्वाब संकलन गर्ने गर्थे। तर रातिको समयमा भने आउनेहरुको भने स्वाब संकलन गरिएको छैन।

सरकारले बिहीवारमात्रै साँझदेखि नाका प्रवेशमा रोक लगाउने सूचना निकालेको हुँदा उक्त निर्णय बारेमा धेरेलाई थाहा नभएकोले आवश्यक कामबाट आएकाहरुको व्यक्तिगत विवरण लिएर उपत्यका प्रवेश गर्न दिइएको छ। अनावश्यक रुपमा आएका सवारीसाधनहरुलाई भने प्रहरीले साँगामा नै रोकेको छ।

बाहिरबाट आउने मानिसहरुमा संक्रमण पुष्टि भएसँगै सरकारले उपत्यका छिर्ने नाका प्रवेशमा कडाइ गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell