PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उपचार पछि ठीक भयो पर्वतमा दाम्लोले बाँधेर डोहोर्‍याइएको चितुवा, छाडियो सौराहाको जंगलमा



पहिलोपोस्ट

उपचार पछि ठीक भयो पर्वतमा दाम्लोले बाँधेर डोहोर्‍याइएको चितुवा, छाडियो सौराहाको जंगलमा

काठमाडौं : गत असार दोस्रो साता प्रहरीले दाम्लोमा बाँधेर चितुवा डोहोर्‍याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। चितुवाको वरपर फोटो र भिडियो खिच्नेको भिड थियो। असामान्य लाग्ने उक्त दृश्यबारे विविध चर्चा भयो।

पर्वत, लामागरास्थित सामुदायिक वनमा घाँस काट्न गएका स्थानीयले असार ८ गते साँझ चितुवा देखे। गाउँलेले जनप्रतिनिधि र प्रहरीलाई खबर गरे। मिलनचोक चौकीबाट प्रहरीहरू घटनास्थल पुग्दासम्म शान्त रह्यो चितुवा। पछि प्रहरी आइपुगे। वडाध्यक्षसहित जनप्रतिनिधि पनि आइपुगे। लगत्तै प्रहरीले चितुवालाई लामागराबाट बाख्राजस्तै डोर्‍याएर हिँडाउँदै मिलनचोकस्थित प्रहरी चौकी पुर्‍याए।

पर्वत, जलजला गाउँपालिका ७ मा भेटिएको उक्त चितुवाको बच्चालाई प्रहरी कार्यालयबाट जिल्ला वन कार्यालयमा लैजाँदै गर्दा त्यसरी डोहोर्‍याइएको थियो

वन कार्यालय लगेपछि चितुवाको उपचार भयो। त्यस चितुवा बिरामी रहेको थाहा भयो। उसको शरीरमा कुनै चोट नदेखिएपनि सञ्चो नभएकै कारण चितुवाले आक्रमक व्यवहार नदेखाएको बताइएको थियो।

करिव डेढ महिना पछि चितुवा ठीक भएको छ। उद्दार पछि चितुवा पर्वतमै प्राथमिक उपचार गरिएको थियो। त्यसपछि डिभिजन वन कार्यालय पर्वतले उक्त चितुवालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण केन्द्र, चितवन पुर्‍यायो।

केन्द्रका भेटेरीनरी टिम तथा वन्यजन्तु प्राविधिकहरुको उपचार र स्याहार पछि चितुवा तन्दुरुस्त भएको जानकारी कोषले ट्वीटमार्फत् दिएको छ। साउन १८ गते उक्त चितुवालाई सौराहा निकुञ्ज छेउको जंगलमा छाडेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell