PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राम मन्दिरको शिलान्यास भोलि: नेपालमा उत्सव मनाइने, भजन कीर्तन, शोभा यात्रा र दीप प्रज्वलन गर्न आह्वान



पहिलोपोस्ट

राम मन्दिरको शिलान्यास भोलि: नेपालमा उत्सव मनाइने, भजन कीर्तन, शोभा यात्रा र दीप प्रज्वलन गर्न आह्वान

काठमाडौं: विश्व हिन्दु परिषद् नेपालले भारतको उत्तर प्रदेशस्थित अयोध्यामा श्रीराम मन्दिर निर्माण प्रारम्भको दिनलाई उत्सवका रुपमा मनाउने भएको छ।

परिषद्का राष्ट्रिय अध्यक्ष टिकाबहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंहले मंगलवार विज्ञप्ति जारी गर्दै अयोध्यामा भोलि (बुधवार) राम मन्दिरको शिलान्यास (भूमि पूजन) हुने दिनलाई उत्सवका रुपमा मनाउने उल्लेख छ। विज्ञप्तिमा अयोध्यामा पुन: श्रीराम मन्दिर निर्माण हुनु सम्पूर्ण सनातनी हिन्दूहरुको लागि गौरवपूर्ण क्षण भन्दै उक्त मन्दिरलाई सीता माताको घर भनिएको छ।

परिषदले कोरोना महामारीलाई मध्यनजर गर्दै भोलिको विशेष दिनलाई स्थानीय स्तरमा कार्यक्रमहरु गरेर उत्सव मनाउन सम्पूर्ण सनातनी हिन्दु धर्मावलम्बीलाई अनुरोध समेत गरेको छ।

परिषदले भोलि ११ देखि १ बजेसम्म श्रीराम स्तुति (भजन कीर्तन), सामाजिक दुरी कायम गरेर शोभा यात्रा, आ-आफ्नो घरमा दीप प्रज्वलन गर्न र सुरक्षाका उपाय अपनाएर सामूहित दीप प्रज्वलन गर्न सबैमा आह्वान समेत गरेको छ।

शिलान्यासका लागि अयोध्यालाई फूल र बत्तीले सिंगारिएको छ। शिलान्यास कार्यक्रममा प्रधामन्त्री नरेन्द्र मोदी सहित भारतीय जनता पार्टीका नेता, केन्द्रीय मन्त्रिमण्डलका सदस्य, विभिन्न राज्यका राज्यपाल, मुख्यमन्त्री, मन्त्री सहित अधिकारीहरु आउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell