PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विराटनगरमा कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु



फूलमाया पुरी

विराटनगरमा कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु

विराटनगर : विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका ९ नम्बर वडाका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोशी अस्पताल विराटनगरका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा.चुमनलाल दासले पुष्टि गरे।

प्रमुख मेसु डा. दासका अनुसार ती व्यक्तिलाई आज करिब ९:१५ बजे कोशी अस्पताल ल्याइएको थियो। अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो।

यो पनि : अस्पताल भर्ना हुनसाथ कोभिड १९ संक्रमितको मृत्यु

ज्वरो रुघाखोकीका बिरामी ती व्यक्तिमा उच्च रक्तचाप पनि भएको मेसु डा.दासले बताए।

‘बाहिर निमोनियाको उपचार गराइरहेको हामीले थाहा पायौं, उच्च रक्तचाप पनि थियो’ उनले भने ‘अस्पताल भित्र आइपुग्दा उहाँको मृत्यु भइसकेको थियो।’

अस्पतालले तत्काल मृतकको स्वाब संकलन गरीएको थियो। र कोभिड परीक्षणका लागि विराटनगरस्थित प्रदेश प्रयोगशाला पठाएको थियो।

दिउँसो ३:३० बजे कोभिड १९ परीक्षणको रिपोर्ट आउँदा संक्रमण पोजेटिभ देखिएको उनले जानकारी दिए।

संक्रमित मृतकको शव कोशी अस्पतालमै राखिएको छ भने त्यसको व्यवस्थापनका लागि तयारी भइरहेको प्रमुख मेसु डा.दासले बताए।

विराटनगगरका ३ जनासहित मोरङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell