काठमाडौं : काठमाडौं जिल्लामा ९० जनासहित देशभर ३८० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका ३७ प्रयोगशालामा गरिएको ८ हजार ५१५ नमुना परीक्षणका क्रममा ३४ जिल्लामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २२ हजार ९७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४० जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै उपचारपछि डिस्चार्ज हुने संक्रमितको संख्या १६ हजार ३५३ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु कोभिड-१९ संक्रमणको कारण भएको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित मृतकको संख्या ७५ पुगेको छ।
कुन जिल्लाका कति संक्रमित थपिए?
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। दिउसो ४:१५ मा मन्त्रालयले प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर गौतमले प्रस्तुत गरेको तथ्यांकमा काठमाडौंमा ९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, पर्सा जिल्लामा ७३ र धनुषामा ३७ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा सुनसरीका ३ जना, कोशी अस्पताल प्रयोगशालामा सिरहाका ४ तथा मोरङका २८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
स्क्रमण पुष्टि हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा झापाका ४ र सुनसरीका ३ जनामा पनि स्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।
गजेन्द्रनारायण अस्पताल राजविराजमा सप्तरीका १५ तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३५ र महोत्तरीका १५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सप्तरी र सर्लाहीका २/२ तथा रौतहट र सिन्धुलीका १/१ जनामा पनि जनकपुरमै भएको परीक्षणमा संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पताल प्रयोगशालामा बाराका ३, पर्साका ७१ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४४, ललितपुरका १ र नुवाकोटका ३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा भएको परीक्षणका क्रममा काठमाडौंका १८, चितवनका ७ तथा धनुषा र नवलपरासी पूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका ५ र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ। वीर अस्पताल प्रयोगशालामा बारा, रामेछाप र सिन्धुलीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
स्टार अस्पताल सानेपामा काठमाडौंका १८, ललितपुर र सर्लाहीका १/१ जना तथा ह्याम्स अस्पतालमा पनि काठमाडौंकै ८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा धादिङ, काठमाडौं, नवलपरासी पूर्वका १/१ तथा पर्साका २ जनामा संक्रमण पुष्टि भएको छ। वीरेन्द्र सैनिक अस्पतालमा पनि काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा पर्वतका १ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पा र नवलपरासी पूर्वका १/१ जना तथा कपिलवस्तुका ६ र रुपन्देहीका ५ जनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाँकेका २१ र बर्दियाका २ जनामा संक्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुका ११, रुपन्देहीका ५ तथा नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ४ जनामा संक्रमण पुष्टि भएको छ।
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा दैलेखका १ र सुर्खेतका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाकै ४ जना र कालिकोटका २ जनामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
डडेलधुरा अस्पताल प्रयोगशालामा भएको परीक्षणमा डडेलधुराकै ३ जना तथा बैतडीका १ र डोटीका ८ जनामा संक्रमण पुष्टि भएको छ।
हाल पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु चार वटा छन्। पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।
त्यस्तै, सात जिल्ला हाल कोभिड-१९ बाट मुक्त छन्। खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लाका संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन्। ती जिल्लामा हाल सक्रिय संक्रमित छैनन्।

