PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भारतका विदेश मन्त्रीले नेपाललाई दिए धन्यवाद



पहिलोपोस्ट

भारतका विदेश मन्त्रीले नेपाललाई दिए धन्यवाद

काठमाडौं: भारतका विदेश मन्त्री एस जयशंकरले नेपाललाई धन्यवाद दिएका छन्। कोझिकोड विमान दुर्घटनामा दिएको सहानुभूति सन्देशका लागि जयशंकरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई धन्यवाद दिएका हुन्।

उनले दुर्घटनाको दु:खद समयमा सहानुभूति र समर्थन विपत्तिसँग लड्ने शक्तिको स्रोत भएको उल्लेख गरेका छन्। परराष्ट्र मन्त्री ज्ञवालीले कोझिकोड विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका थिए।

शुक्रवार राती केरलास्थित कोझिकोड विमानस्थलमा भएको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो।

विदेश मन्त्री जयशंकरले नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, मलेसियाका समकक्षीलाई पनि धन्यवाद दिएका छन्।

जयशंकर 'बुद्धलाई महान भारतीय' भनेर भर्खरै विवादमा तानिएका छन्। उनको अभिव्यक्तिको नेपालमा चर्को विरोध भयो। परराष्ट्र मन्त्रालयले अभिव्यक्तिमा आपत्ति जनाएको छ भने भारतीय विदेश मन्त्रालयले 'करेक्सन' गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell