PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोंगबुमा विभत्स हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो, शव भेटिए नजिकै घटनास्थल!



पहिलोपोस्ट

गोंगबुमा विभत्स हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो, शव भेटिए नजिकै घटनास्थल!

काठमाडौं : आइतवार काठमाडौं, गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा फेला परेको शवको पहिचान भएको छ। प्रहरीले दिएको जानकारी अनुसार मृत भेटिएका व्यक्ति कृष्ण बहादुर बोहोरा भएको खुलेको हो।  उनी दाङका स्थानीय हुन्। बोहोरा काठमाडौंकै एक फ्याक्ट्रीमा कार्यरत् व्यक्ति हुन्।

घटनास्थल शव भेटिएको (टोखा नगरपालिकाको वडा नम्बर १०, गणेस्थान) बाट करिव एक सय मिटरको दुरीमा हुनसक्ने प्रहरीले जानकारी दिएको छ। अहिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाली, महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा लगायतको टोली घटनास्थलमा पुगेको छ। ' घटनास्थल यही भएको आशंकामा अनुसन्धान भइरहेको छ। थप बुझ्दछौं।' एक प्रहरी अधिकृतले भने।                          सोमबार दिउँसो शव भेटिएको नजिकै पुगेर अनुसन्धान गर्दै प्रहरी

आइतवार बिहान गोंगबुमा कालो सुटकेसभित्र टाउको र खुट्टा काटिएको अवस्थामा फेला परेको थियो। त्यसपछि प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा सुटकेस फेला परेको स्थानभन्दा ३ सय मिटर पर झोलामा काटिएको टाउको र खुट्टा फेला परेको थियो।' शवको पहिचान भइसकेको छ। प्रहरी अनुसन्धानमा लागेको छ। केही समयमा नै अपराधिलाई प्रहरी समात्न सफल हुन्छ।' महागरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

तर, शव फेला परेको २४ घण्टासम्म शवको पहिचान हुन नसक्दा अनुसन्धान प्रभावकारी हुन सकेको थिएन। अन्दाजी ४० देखि ४५ वर्षीय पुरुषको शव फेला परेको थियो। सनाखतसँगै घटनाको थप पाटो खुल्ने महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए।

'हामी आफैं पनि घटनाको अनुसन्धानमा लागि परेका छौं। अनुसन्धानबाट थप खुल्दै जान्छ', एसएसपी थापाले भने।

सम्वन्धित समाचार

प्रहरीले ‘क्लु’ भेट्न नसकेको गोंगबु बीभत्स हत्या : नाम्लोले डोहोर्‍याएको ‘जोजो’को अनुसन्धान

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell