PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

विप्लवका सेती महाकाली इन्चार्ज पुन कारागार चलान, श्रीमती धामी रिहा भए लगत्तै पुनः पक्राउ



एम बम

विप्लवका सेती महाकाली इन्चार्ज पुन कारागार चलान, श्रीमती धामी रिहा भए लगत्तै पुनः पक्राउ

कैलाली : धनगढीबाट पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन्।

जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि पुनसँग ५० हजार धरौटी माग भएकोमा नबुझाएपछि कारागार चलान गरिएको हो। उनलाई ५० हजार धरौटी तारेखमा छोड्ने आदेश भए पनि धरौटी नबुझाएपछि कारागार चलाउन गरिएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताए।

पुनलाई असार ३१ गते प्रहरीले धनगढीको कनरीबाट पक्राउ गरेको थियो। कटुवा पेस्तोल र गोलीसहित पुन र उनकी श्रीमती पूर्णिमा धामीलाई पक्राउ गरेको थियो

अदालतले पुनकी श्रीमती धामीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। रिहा भएकी धामीलाई प्रहरीले पुनः पक्राउ गरी डडेल्धुरा लैजाने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell