PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भरतपुर अस्पतालको इमरजेन्सी नै 'सिल'



पहिलोपोस्ट

भरतपुर अस्पतालको इमरजेन्सी नै 'सिल'

काठमाडौं : स्वास्थ्यकर्मीलाई कोभिड १९ को संक्रमण देखिएपछि चितवनको भरतपुर अस्पतालले अनिश्चितकालका लागि आकस्मिक सेवासमेत बन्द गरेको छ।

साउन २९ गते अस्पतालको आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उनमा संक्रमण पुष्टि भएसँगै अस्पतालले आकस्मिक सेवा बन्द गर्ने निर्णय गरेको हो।

'साउन २९ गते साँझ ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक सेवा सिल गरिएको जानकारी गराइन्छ,' अस्पताल प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

अस्पतालमा उपचाररत र स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएलगत्तै आकस्मिक सेवा सिल गरिएको हो।

सम्बन्धित समाचार :

१३० नमुना जाँच्दा १६ जनामा भेटियो संक्रमण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell