इङल्याण्डसँगको टी २० सिरिजका लागि पाकिस्तानी क्रिकेट टिमको घोषणा भएको छ। पाकिस्तान क्रिकेट बोर्डले आज सिरिजका लागि टोलीको घोषणा गरेको हो। साउथ ह्याम्टनमा जारी टेस्ट सिरिज सकिएपछि म्यानचेस्टरको ओल्डट्राफोर्डमा इङ्ग्ल्याण्ड र पाकिस्तानबीच तीन खेलको टी २० सिरिज हुने छ। यसका लागि इङ्ग्ल्याण्डले यसअघि नै टिमको घोषणा गरेको थियो भने पाकिस्तानले पनि १७ सदस्यीय टिमको घोषणा गरेको हो।
पाकिस्तानी टिममा पूर्वकप्तान सर्फराज अहमतले पुनरागमन गरेका छन्, जो पछिल्लो समय टिमभन्दा बाहिर थिए। उनले पछिल्लो समय अक्टोबर २०१९ मा श्रीलंकाविरुद्ध खेलेका थिए। त्यो पछि उनको कप्तानी खोसिएको थियो। त्यसपछि फिटनेस र फर्मका कारण टिममा थिएनन्। उनी पहिलो पटक बाबर आजमको कप्तानीमा खेल्नेछन्।
सिरिज २८ अगस्टबाट सुरु हुनेछ। सिरिजको दोस्रो खेल ३० अगस्ट र तेस्रो खेल १ सेप्टेम्बरमा हुनेछ।
‘यो लगभग त्यही टिम हो जसलाई हामी छोटो फर्म्याटमा खेलाउँदै आएका थियौं। टिममा हामीले हैदर अली जस्ता युवा क्रिकेटरलाई पनि समावेश गरेका छौं जसले पिएसएल, यू १९ र प्रथम श्रेणीमा राम्रो प्रदर्शन गरेको छ।’ प्रमुख छनोटकर्ता मिस्बाह उल हकले भनेका छन्।
पाकिस्तान टिम
बाबर आजम (कप्तान), फकर जमा, हैदर अली, हैरिस रउफ, इफ्तिकार अहमद, इमाद वसिम, खुशदिल शाह, मोहम्म हफिज, मोहम्मद रिजवान, मोहम्मद आमिर, नसिम शाह, सर्फराज अहमद, सादाब खान, साहीन शाह अफ्रीदी, शोएब मलिक र वाहब रियाज
इङ्ग्लयाण्डको भने यसअघि नै टिमको घोषणा भइसकेको छ।
इङ्ग्ल्याण्डको टिम
इयोन मोर्गन (कप्तान), मोइन अली, जोनी बेइर्स्टो, टम बेन्टन, जोइ डेन्ली, लेविस ग्रेगोरी, क्रिस जोर्डन, सक्विब महम्मुद, दाविद मलान, अदिल रसिद, जेसन रोय, डेभिड विल्ली
रिजर्ब: प्याट ब्राउन, लियाम लिभिङस्टोन, रिस टप्ले
