PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

झापामा प्रहरीको गोली लागेर घाइते पुरुषको उपचारका क्रममा मृत्यु



पहिलोपोस्ट

झापामा प्रहरीको गोली लागेर घाइते पुरुषको उपचारका क्रममा मृत्यु

काठमाडौँः प्रहरी र स्थानीयबीचको झडपमा घाइते भएका झापाका एक पुरुषको मृत्यु भएको छ। गोरु काटेको अभियोगमा दुई जना व्यक्तिलाई पक्राउ गरी अदालत लैजाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो। 

झडपमा क्रममा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय रसिकुल आलमको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। 

बिएण्डसी अस्पतालमा उपचारका क्रममा आलमको मृत्यु भएको हो। झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी दुई जना पनि घाइते भएका छन्। 

सम्बन्धित समाचारः झापामा स्थानीय र प्रहरीबीच झडप, १० राउण्ड हवाइ फायर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell