PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

इन्द्रजात्रामा ठडिएन य:सिं, हुनेछैन पितृ मोक्षका लागि उपाकु यात्रा



प्रवीण रानाभाट

इन्द्रजात्रामा ठडिएन य:सिं,  हुनेछैन पितृ मोक्षका लागि उपाकु यात्रा

काठमाडौं : आज यँया (इन्द्रजात्रा) को पहिलो दिन। कोरोना भाइरसको संक्रमणका कारण यसपटक इन्द्रजात्रा विधिवत् रुपमा नित्य पूजाहरुमा मात्रै सिमित भएको छ।

कोरोना भाइरसको महामारी नभएको भए आइतबार बिहान ७:०७ बजे हनुमानढोकमा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हुन्थ्यो। अनि सुरु हुन्थ्यो ८ दिन लामो इन्द्रजात्राको उल्लास। तर यसपटक इन्द्रजात्राका लागि य:सिं ठड्याइएन। संक्रमणको दर उपत्यकामा बढेसँगै यसपटक भक्तपुरबाट य:सिं नै ल्याइएन।

य:सिं नठड्याइएपनि बिहानै हनुमानढोकामा सिमित गुठियारहरु भेला भएर नित्य पूजा भने सम्पन्न गरिएको छ।

उपाकु नहुने

इन्द्रजात्रा सुरु भएकै दिन बेलुकी नेवार समुदायले पितृ मोक्षका लागि पाल्चामा बत्ती बाल्दै उपाकु यात्रा जाने चलन छ। तर कोरोना संक्रमणको कारण यसपटक ‘उपाकु वनेगु’ पनि नहुने भएको छ। यसदिन वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा नेवारहरुले पाल्चामा बत्ती र धुप बाल्दै लिच्छवीकालिन खड्ग आकारको शहर परिक्रमा गर्ने विश्वास रहेको छ।

उपाकु यात्रा नहुने भएपछि विहान भने कही व्यक्तिहरुले आआफ्नो टोलमा बत्ती बालेर पितृ मोक्षको कामना गरेका थिए।

रथयात्रा पनि नहुने

आजकै दिन मजिपा: लाखे, पुलुकिसि समेत निकाल्ने गरिथ्यो। तर यसपटक इन्द्रजात्रामा संचालन हुने सबै नाचहरु नित्य पूजामा मात्रै सिमित गरिएको छ।

यो वर्ष भदौ १६ गते जीवित देवी कुमारीका साथै जीवित देवहरु गणेश र भैरवको रथयात्रा प्रारम्भ हुनु थियो। तर कोरोना संक्रमणलाई मध्यनजर गर्दै रथयात्रा पहिलोपटक रद्द गरिएको छ। संक्रमण फैलिनबाट रोक्न प्रशासनले निषेधाज्ञा लागू गरेकोले ८ दिनसम्म उल्लासमा रमाउने वसन्तपुर दरबार क्षेत्र यसपटक सुनसान देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell