PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

१८ वर्षीया किशोरीसहित थप चार जना कोभिड-१९ संक्रमितको गयो ज्यान, तीन जनामा मृत्युपछि संक्रमण पुष्टि



पहिलोपोस्ट

१८ वर्षीया किशोरीसहित थप चार जना कोभिड-१९ संक्रमितको गयो ज्यान, तीन जनामा मृत्युपछि संक्रमण पुष्टि
फाइल फोटो

काठमाडौं : चितवनमा थप चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकाका-११ की १८ वर्षकी किशोरी र ६५ वर्षका पुरुषको सोमवार मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा उनीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

उनीहरुमा कोभिड-१९ को लक्षण देखिएको थियो।

त्यस्तै, खैरहनी नगरपालिकाका एक ५५ वर्षकी महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। उनको पनि सोमवार नै मृत्यु भएको हो। उनीहरुलाई एक्कासी लक्षण देखिएपछि अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

सोमवार नै भरतपुर अस्पतालमा एक कोभिड-१९ संक्रमितको मृत्यु भएको थियो।

यता मंगलवार चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार उपचारका क्रममा मंगलवार बिहान २ बजे सीएमसीमा एक जनाको मृत्यु भएको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ५८ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो। सोमवारमात्र कोभिड-१९ को संक्रमण पुष्टि भएका उनी भदौ १४ गते उपचारका लागि सीएमसीमा भर्ना भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

संक्रमणको लक्षणसहित जटिल अवस्थामा अस्पतालमा भर्ना भएका उनको कोभिड-१९ पुष्टि भएको र श्वासप्रश्वासमा थप जटिलता आएको हुँदा सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दागर्दै विहान २:५२ बजे मृत्यु भएको लम्सालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell