PahiloPost

May 14, 2025 | १ जेठ २०८२

इन्द्रजात्रामा कोरोना प्रभाव: गणेश र भैरवलाई घरमै गरियो पूजा, हाथुद्य: को मुखबाट बाँडिएन प्रसाद

इन्द्रजात्रामा कोरोना प्रभाव: गणेश र भैरवलाई घरमै गरियो पूजा, हाथुद्य: को मुखबाट बाँडिएन प्रसाद

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना संक्रमणका कारण मंगलवार यँया: (इन्द्रजात्रा) नित्य पूजा र क्षमा पूजामा मात्रै सीमित बन्यो। विधिवत् रुपमा जीवित देवी कुमारी, जीवित देवहरु गणेश र भैरवको रथयात्रा भएन।

संक्रमणको त्रासबीच रथ यात्रा रद्द गरिएपछि गणेश र भैरव कुमारी घर पुगेनन्। गणेश र भैरवलाई घरमा नै पूजा गरिएको थियो। राष्ट्रपति निवासबाट घरमा नै पूजा पठाइएको थियो। यसपटक कुमारी घरको ढोका बन्द नै रह्यो।

कुमारीको जस्तो गणेश र भैरवको स्थायी ठेगाना छैन। वर्तमान गणेश समवेग शाक्य न्युरोडमा रहेको मामाघरमा बस्दै आएका छन् भने भैरव भएदेखि  रुजन ‌ओमबहालस्थित मञ्जुश्री नक महाविहारको चोकमा रहेको ४ तल्ले साँघुरो घरमा बस्दै आएका छन्।

यस्तै, रथयात्रा नहुँदा वसन्तुपर दरबार क्षेत्र सुनसान देखियो। रातिसम्म हजारौं मानिसको भीड हुने क्षेत्र कोरोना कहरले शान्त बन्यो।

इन्द्रजात्रामामात्रै खोलिने हाथुद्यः (श्वेत भैरव) को झ्यालहरु यसपटक खोलिएन। हनुमानढोकामा रहेको हाथुद्यः को मुखबाट निस्कने प्रसाद (जाँड) खानेको घुँइचो लाग्ने गर्थ्यो। तर यसपटक हाथुद्य: को मुखबाट प्रसाद पनि वितरण गरिएन। 



ट्रेन्डिङ पोस्ट

Ncell