PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पुल्चोकमा प्रदर्शनकारीबाट कुटिएका ट्राफिक जवानले एसएसपीसँग भने, 'धन्न बाँचेँ, 'प्रहरी एकछिन् ढिला आएको भए मार्थे'



पहिलोपोस्ट

पुल्चोकमा प्रदर्शनकारीबाट कुटिएका ट्राफिक जवानले एसएसपीसँग भने, 'धन्न बाँचेँ, 'प्रहरी एकछिन् ढिला आएको भए मार्थे'

काठमाडौँः बिहीबार पुल्चोकमा प्रदर्शनकारीबाट निर्ममतापूर्वक कुटिएका ट्राफिक प्रहरीका जवान कमलप्रसाद घिमिरे अहिले अस्पतालको शय्यामा छन्। जावलाखेलस्थित अल्का अस्पतालमा जवान घिमिरेको उपचार भइरहेको छ। 

घिमिरेको शरीरमा चोट लागेको छ। टाउको, हातखुट्टा र ढाडमा गहिरो चोट लागेको छ।

मातहतका कर्मचारी कुटिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल घाइते जवानलाई भेट्न अस्पताल पुगेका छन्। एसएसपी ढकालले घाइते जवानसँग घटनाको जानकारी समेत लिएका छन्। घिमिरेले आफू समयमा नै भाग्न सफल भएको र प्रहरी आएकाले बाँचेको सुनाए। 

'धन्नले बाँचेँ समयमा नै प्रहरी नआएको भए मार्थे होलान् भन्दै चिन्ता लिइरहेका थिए', एसएसपी ढकालले भने।

बिहीबार दिउँसो पुल्चोकमा ड्यूटीमा खटिएका जवान घिमिरेलाई प्रर्दशनकारीले घेरेर निर्ममतापूर्वक आक्रमण गरेका थिए। उनले चढ्ने बा २ ब ७२४२ नम्बरको मोटरसाइकलमा लगाएको आगो प्रहरीहरुले निभाएका थिए।

एसएसपी ढकालले कुटपिट गर्नेलाई कारबाही गर्ने आश्वासन समेत दिएका छन्। 'यसरी बर्दीमा रहेको प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ।' ढकालले भने।

घिमिरे रामेछापको चोप्राङमा दरबन्दी भइ हाल पाटनमा खटिँदै आएका थिए।

भाइरल भइरहेको 'पुल्चोकमा कुटिएका प्रहरी'को अल्कामा उपचार, कस्तो छ उनको अवस्था?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell