PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोरोनाका कारण महाधिवेशन हुँदैन भने मैले के गर्न सक्छु र : देउवा, 'यस्तो बेला सरकारविरुद्ध कहाँ गर्ने आन्दोलन?'



कोरोनाका कारण महाधिवेशन हुँदैन भने मैले के गर्न सक्छु र : देउवा, 'यस्तो बेला सरकारविरुद्ध कहाँ गर्ने आन्दोलन?'
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबारे आफू चिन्तित रहेको बताएका छन्।

समयमै महाधिवेशनका लागि आफूले हरप्रयास गरेको दाबी गर्दै सभापति देउवाले अबको दिनमा पार्टीको जे सहमति हुन्छ त्यही अनुसार आफू अघि बढ्ने बताए।

बीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा पार्टीले बुधवार जुममार्फत आयोजना गरेको वेबिनारमा सम्बोधन गर्दै देउवाले आफू अधिवेशन हुनुपर्छ भन्ने पक्षमा भएको बताए।

'अधिवेशन हुनैपर्छ। हुनै नसक्ने अवस्था आए सबै साथीहरुले जे भन्छ म त्यही गर्न तयार छु। कोरोनाका कारण हुँदैन भने मैले के गर्न सक्छु। सार्नुपर्ने भए कहिले सार्ने?' देउवाले प्रश्न गरे, 'मलाई पनि थाह छ संविधानअनुसार एक वर्षभन्दा बढी बढाउनुहुन्न भनेर। भन्नै पर्दैन।'

महाधिवेशनबारे देउवालाई पौडेलको प्रश्न : यत्रो दिनसम्म केही नगरी बस्ने, अहिले रुवाबासी गर्ने?

देउवाले काँग्रेसको जिम्मेवारी अहिले कोरोनामुक्त नेपाल बनाउने हुनुपर्ने बताए। भने,'अहिले कोरोनाले सताएको छ। एकदमै डरलाग्दो भएर आएको छ। हाम्रो पार्टीको पहिलो कर्तव्य अहिले कोरोनामुक्त नेपाल बनाउने हो।'

सरकारले कोरोनाको नाममा पैसा कमाउनेबाहेक केही नगरेको आरोप लगाउँदै देउवाले यस्तो बेला आन्दोलन गर्न पनि उपयुक्त नदेखिने बताए।

'सरकारले कोरोनाको नाममा भ्रष्टाचार गर्नेबाहेक केही गरेको छैन', सभापति देउवाले भने, 'हामी त आन्दोलन गर्ने पक्षमा हो। तर कोरोनाले गर्दा कहाँ आन्दोलन गर्ने?'

फागुनमा महाधिवेशन हुने देखिएन, अब केन्द्रीय समिति बोलाउँ : कृष्णप्रसाद सिटौला

देउवाले बीपी कोइराला पहिलो राष्ट्रवादी र समाजवादी नेता भएको उल्लेख गर्दै भने, 'उहाँ सानो देशको ठूलो नेता हुनुहुन्छ।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell