PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कुलमानलाई नियुक्त नगरे ‘ब्ल्याक आउट’ गर्ने कलाकारको चेतावनी, दीपकराज गिरीले सुरु गरे अभियान



पहिलोपोस्ट

कुलमानलाई नियुक्त नगरे ‘ब्ल्याक आउट’ गर्ने कलाकारको चेतावनी, दीपकराज गिरीले सुरु गरे अभियान

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुन: नियुक्तिको माग गर्दै कलाकारहरुले ‘ब्ल्याक आउट’ अभियान चलाएका छन्।

कुलमानको नियुक्तिका लागि सरकारलाई दबाब दिनका लागि आजबाट हरेक साँझ बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले आह्वान गरेका हुन्।

कलाकारहरुको ‘ब्ल्याक आउट’ अभियानलाई धेरैले समर्थन गरेका छन्।

सम्बन्धित समाचार

कुलमान घिसिङको पक्षमा कलाकारहरु, कसले के भने?

कलाकार गिरीले सोमवार फेसबुकमार्फत आह्वान गरेका छन्, ‘आदरणिय साथिहरू, कुलमानजीको पुनर्नियुक्तिको लागि जनदबाब स्वरूप आजबाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्ता प्रकट गरौं।’

उनको आग्रहलाई धेरैले सकारात्मक रुपमा लिँदै समर्थन जनाएका छन्।

अभियानको नाम कुलमानको पुनर्नियुक्तिका लागि जनदबाब स्वरुप हरेक दिन बेलुका ८ देखि ८:०५ सम्म ब्ल्याक आउट नेपाल दिइएको छ।

यसअघि पनि थुप्रै कलाकारले राम्रो काम गर्ने कमर्चारीलाई सम्मान र पुरस्कृत गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले कुलमानलाई एकपटक जिम्मेवारी दिन सरकारलाई सुझाव दिएका थिए।

आदरणिय साथिहरू !! कुलमानजी को पून नियुक्तिको लागि जन दबाब स्वरूप आज बाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्ता प्रकट गरौ....

Posted by Deepak Raj Giree on Sunday, September 13, 2020

यदि आज पुन: नियुक्ति गरेनन भने आदरिणय प्रिय दिपाक राज गिरी दाई लगायत हामी सवै यो अभियानमा लाग्यौ है ! #Black_Out_Nepal #फेरी_कुलमान

Posted by HB Tamrakar on Monday, September 14, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell