PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

माइतीघरमा उत्रिएका नाईहरुको प्रश्न : मन्त्रीहरुको घर गएर कपाल काट्दा कोरोना नसर्ने, सैलुन खोल्दा सर्ने?

माइतीघरमा उत्रिएका नाईहरुको प्रश्न : मन्त्रीहरुको घर गएर कपाल काट्दा कोरोना नसर्ने, सैलुन खोल्दा सर्ने?

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले चैत ११ बाट देशभर लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प हुँदै आएको छ।

यसैगरी प्रभावित भएको एक व्यवसाय हो सैलुन तथा पार्लर व्यवसाय।

६ महिनासम्म व्यवसाय ठप्प भएपछि आफूहरु दिनानुदिन समस्यामा पर्दै गएको गुनासो नाई श्रमिकहरु गरेका छन्।

पटकपटक अनुरोध गर्दा पनि सरकारले नसुनेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका छन्। यसअघि गत असार ३० गते माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका उनीहरुले सरकारले विभेद गरेको आरोप लगाएका छन्।

मंगलवार उनीहरु पुरानै माग दोहोर्‍याउँदै माइतीघरमा अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। मापदण्ड बनाएर तुरुन्तै देशभरका सैलुन तथा पार्लर खोल्न पाउनुपर्ने माग उनीहरुको रहेको छ। त्यसैगरी उनीहरुले देशैभरका नाई श्रमिकहरुलाई तुरुन्त राहतको व्यवस्था गर्नसमेत माग गरेका छन्।

प्रदर्शनमा उनीहरुले मन्त्रीहरुलाई कपाल काट्न 'होम डेलिभरी सर्भिस्' गर्न जानुपर्ने, त्यतिबेला कोरोनाको कुनै डर नहुने तर सैलुनमा कपाल काट्दा कोरोनाको सर्ने डर देखाउँदै तर्साएर सरकारले व्यवसाय बन्द गरेको आरोप लगाए।



ट्रेन्डिङ पोस्ट

Ncell