PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

बलात्कारीलाई फाँसीको सजाय माग्दै दुई जनाको प्रदर्शन, पचास बढी प्रहरीको पहरा

बलात्कारीलाई फाँसीको सजाय माग्दै दुई जनाको प्रदर्शन, पचास बढी प्रहरीको पहरा

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : बझाङकी एक बालिकाको बलात्कारपछि हत्या भयो। तिनै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै माइतीघरमा दुई विद्यार्थी प्रदर्शनमा उत्रेका छन्।

'मलाई माया गर बलात्कार होइन, बलात्कारीलाई फाँसी दे जस्ता' नारा लेखिएको ब्यानरसहित दुबै जना सडकमा धर्नामा बसेका छन्। उनीहरु धर्नामा बसेपछि ५० बढी प्रहरी उनीहरुको वरपर उभिए।

धर्नामा उत्रिएकाहरु विद्यार्थी पूजा गडेल, दीपा जैसी हुन्। दिउँसो ३ बजेसम्म प्रदर्शनमा बस्ने दीपा जैसीले बताइन्।

बुधवार बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो।

अब सम्झनामा मात्रै ‘सम्झना’ : मन्दिरभित्र १२ वर्षीया बालिकाको शव

 



ट्रेन्डिङ पोस्ट

Ncell