PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानमन्त्रीका सञ्चार विज्ञलाई पनि संक्रमण



पहिलोपोस्ट

प्रधानमन्त्रीका सञ्चार विज्ञलाई पनि संक्रमण

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा  ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

आइतवार आएको रिपोर्टमा आफूलाई संक्रमण भएको उनले बताए। जिल्ला गएको बेला आफूलाई संक्रमण भएको बजगाईंले जानकारी दिए।

प्रधानमन्त्रीका ३ जना सल्लाहकार र एक जना सचिवालयका सदस्यलाई संक्रमण भएसँगै उनमा पनि संक्रमण देखिएको हो।

यद्यपि बालुवाटारबाट आफ्नो स्वाव संकलन नगरिएको र आफूले छुट्टै स्वाब दिएको बजगाईंको भनाई छ। 'बालुवाटारमा अरुसँगै मैले दिएको होइन। मैले आफैले छुट्टै परीक्षण गराउँदा आज पोजेटिभ आएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell