PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

लुम्बिनी प्रदेश : १०४ संक्रमितको मृत्यु, झन्डै ३ हजार एक्टिभ केस



विधुर ढकाल

लुम्बिनी प्रदेश : १०४ संक्रमितको मृत्यु, झन्डै ३ हजार एक्टिभ केस

काठमाडौं : लुम्बिनी प्रदेशमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या एक सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप पाँच जना कोभिड-१९ संक्रमितको मृत्यु भएसँगै लुम्बिनी प्रदेशमा मृत्यु हुनेको संख्या १०४ पुगेको छ।

पछिल्लो पटक रुपन्देहीका ३ र र बाँकेका २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालहरुले पुष्टि गरेका छन्।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लाका कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ। रोल्पा र रुकुम पूर्वमा भने संक्रमितको मृत्यु भएको छैन। यद्यपि रोल्पामा एक कोभिड-१९ संक्रमितले होम आइसोलेसनमा नै आत्महत्या गरेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

लुम्बिनीमा तीन जनाले आत्महत्या गरेका छन्। त्यसबाहेक लुम्बिनीमा १०४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

पछिल्लो तथ्यांक अनुसार लुम्बिनीमा कुल संक्रमितको ०.८ प्रतिशत मृत्यु भएको छ। जुन नेपालमा कुल मृत्यु दर भन्दा ०.२ प्रतिशतले बढी हो। नेपालभर कुल संक्रमितको ०.६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा हाल दुई हजार ९ सय ४१ सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। लुम्बिनीमा हालसम्म १३ हजार ६३ मा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यो तथ्यांकले नेपालको कुल सक्रिय संक्रमितको दर भन्दा प्रदेशमा कम छ। नेपाल भर २९.१ प्रतिशत सक्रिय संक्रमित हुँदा लुम्बिनीमा भने २२.५ प्रतिशत छ। भने डिस्चार्ज दर नेपालको कुल भन्दा बढी छ।

लुम्बिनी प्रदेशमा ७६.७ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् भने नेपालभर निको हुने दर ७०.३ प्रतिशत छ। लुम्बिनीमा १० हजार २० संक्रमित संक्रमण मुक्त भइसकेका छन्।

प्रदेशमा जिल्लागत संक्रमणको अवस्था

उमेर समूहगत आधारमा मृत्युको विवरण

 

मृतकको उमेर समूह हेर्दा लुम्बिनीमा सक्रिय उमेर समूहका संक्रमितको अधिक मृत्यु भएको छ। कुल मृत्युको १६ वर्ष देखि ५९ वर्ष सम्मका ८१.३ प्रतिशत छ। यो उमेर समूहका ६५ जनाको मृत्यु भएको छ। त्यस्तै ६० वर्ष माथिका १६.३ प्रतिशत र १५ वर्ष मुनिका २.५ प्रतिशत छन्।

उमेर समूहगत आधारमा मृतकको जिल्लागत विवरण

 

लिंगका आधारमा मृतकको विवरण

 

 

लंगीक आधारमा जिल्लागत मृत्युको विवरण

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell