PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोना संक्रमित कैलालीका एसपीलाई एम्बुलेन्समार्फत काठमाडौं लगियो



एम बम

कोरोना संक्रमित कैलालीका एसपीलाई एम्बुलेन्समार्फत काठमाडौं लगियो

कैलाली : कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ। लक्षण देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।

उनले जबरालाई काठमाडौंस्थित प्रहरी अस्पताल लगिएको बताए। सिंहका अनुसार एसपी राणालाई सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ।

एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी धनगढीमै कार्यालयको आइसोलेसनमै उपचाररत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell