PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेकपा सांसद एवं जनवादी गायिका सानु सिवाको निधन



पहिलोपोस्ट

नेकपा सांसद एवं जनवादी गायिका सानु सिवाको निधन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु सिवा पहाडीको निधन भएको छ। मुटुमा समस्या आएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत् उनको बुधवार निधन भएको हो।

उनी २०७४ सालमा इलामबाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित बनेकी थिइन्। जनवादी गायिकासमेत रहेकी सिवा लामो समयदेखी मृगौला, मुटुको समस्याबाट पिडित थिइन्। उनको २०६३ सालमा भारतको तामिलनाडुमा मृगौला प्रत्यारोपण गरिएको थियो।

मृगौला प्रत्यारोपणको दुई वर्षपछि उनको पाठेघरमा क्यान्सर देखियो। २०७१ सालमा त्यसमा फेरि हृदयघात भयो। त्यसपछि दुवै आँखामा मोतीयाबिन्दु पनि। 

जनवादी गायिका उनी गीतमार्फत् समाज र राष्ट्र परिवर्तन गर्नुपर्छ भन्ने ध्येय राख्थिन्। पहिलोपोस्टसँगको कुराकानीमा भनेकी थिइन्,'रगत तताउने खालका गीतहरु गाउन मन पर्छ। माया प्रितीका गीत त गीत जस्तो नै लाग्दैन।' 

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दु:ख प्रकट गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell