PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मानवअधिकार आयोगको निष्कर्षः दुई वर्षअघि भक्तपुरमा बालक अपहरण केसमा प्रहरीले नै अभियुक्तलाई नियन्त्रणमा लिएर गोली हानि हत्या



पहिलोपोस्ट

मानवअधिकार आयोगको निष्कर्षः दुई वर्षअघि भक्तपुरमा बालक अपहरण केसमा प्रहरीले नै अभियुक्तलाई नियन्त्रणमा लिएर गोली हानि हत्या

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले २०७५ साउन २१ गते प्रहरीले भक्तपुरको सूर्य विनायक जङ्गलमा गरेको इन्काउन्टर फेक भएको निष्कर्ष निकालेको छ। आयोगबाट गठित विशेषज्ञहरूको समितिले घटना इन्काउन्टर नभएर आरोपी दुवै जनालाई नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको निष्कर्ष निकालेको हो।

साउन २१ गते प्रहरीले काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भएको भन्दै सिन्धुपाल्चोक गोपाल तामाङ र नुवाकोटका अजय तामाङको इन्काउन्टरमा गरेको प्रहरीले दावी गर्दै आएको छ। समितिले भने इन्काउन्टरमा संलग्न डिएसपी सहित अन्यलाई कारबाहीको लागि सिफारिस गरेको छ।

तत्कालीन प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवर, प्रहरी नायव निरीक्षकहरू दीपेन्द्र चन्द, प्रसन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कानूबमोजिम कारबाहीको लागि सिफारिस गरिएको छ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको सलाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु सम्बन्धमा आयोगबाट २०७६ कार्तिक ४ मा भएको निर्णयमा पुनरावलोकन गर्नुपर्ने कुनै तथ्य, आधार, कारण नभएकोले पुनरावलोकन नगर्ने निर्णय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्णय पुनरावलोकन को लागि माग गरेको थियो।  आयोगले यसअघि नै पौडेलको इन्काउन्टर फेक भएको निष्करुण निकाली सकेको थियो।

बालकको अपहरण, हत्या र इन्काउन्टर : यी हुन् नखुलेका पाटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell