PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

४ महिनापछि सशस्त्र प्रहरीमा फेरि देखियो कोभिड-१९, पुन: संक्रमण हुँदैन भन्नु तथ्यहीन



पहिलोपोस्ट

४ महिनापछि सशस्त्र प्रहरीमा फेरि देखियो कोभिड-१९, पुन: संक्रमण हुँदैन भन्नु तथ्यहीन

काठमाडौं : बैशाखको अन्तिम साता ३३ वर्षीय एक पुरुष (कमल) कोभिड-१९ संक्रमणको आशंकामा परीक्षण गर्न गए। त्यतिखेर नेपालमा कोभिड संक्रमितको दर अहिले जस्तो डर लाग्दो थिएन। अन्ततः उनको आशंका सत्य सावित भयो।

त्यतिखेर संक्रमितलाई होम आइसोलेसनको व्यवस्था थिए। उनी सरुवा रोग अस्पताल टेकुमा भर्ना भए। केही दिनको उपचारपछि उनी निको भएर घर फर्किए। एक पटक कोभिड संक्रमणले एक पटक भएपछि फेरि भेट्दैन भन्नेमा उनी ढुक्क थिए।

समय वित्तै गयो। देशभर संक्रमित थपिने दर ह्वातै बढ्यो। अहिले दैनिक ३ हजारभन्दाबढी संक्रमित थपिरहेका छन्। असोजको पहिलो सातातिर उनमा फेरि ज्वरो लगायत अन्य कोभिड-१९ को लक्षण देखियो। कमल हतारिदै अस्पताल पुगे।

एन्टिबडी विकास भएको शरीरमा फेरि संक्रमण हुँदैन भन्ने तर्क गलत साबित भयो। उनमा पुन: कोरोना भाइरसको संक्रमण देखियो। उनी बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड विषेश अस्पतालमा भर्ना भए।

'उहाँमा संक्रमण दोहोरिएको देखियो। पहिले जस्तो लक्षण भने थिएनन्। स्वास्थ्यस्थिति सामान्य नै थियो। अहिले उपचारपछि घर फर्किसक्नु भएको छ', सशस्त्र प्रहरी अस्पतालका डाक्टर डिएसपी प्रवीण नेपालले भने।

उनी ११ दिन आइसोलेसनमा बसेर घर फर्किएका हुन्। पछिल्लो समय केही मानिसमा पुनः संक्रमण पुष्टि भएको छ। यसरी संक्रमण देखिनेहरुमा एक जना सशस्त्र प्रहरीमा कार्यरत् समेत रहेका छन्। सशस्त्र प्रहरी अस्पतालमा पनि केही संक्रमण दोहोरिएको रेकर्ड रहेको छ।

'हाम्रो अस्पतालमा संक्रमण पुनः देखिएका केही विरामी भएको जानकारी पाएको छु', सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु आचार्यले भने।

सशस्त्र प्रहरी बलको अस्पतालमा नै कोभिड परीक्षण गराएका दुई जनामा कोरोना पोजेटीभ देखिएपछि होम आइसोलेसनमा बसेका थिए।

'उहाँहरु दुई जना होम आइसोलेसनमा बस्नु भएको थियो। अहिले निको भइसक्नु भएको छ। उहाँहरुको अवस्था सामान्य नै थियो', डाक्टर नेपालले भने।

त्यसो त कोरोना भाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) समेत जानकारी दिइसकेको छ। डब्लुएचओले विज्ञप्तिमा मार्फत नै भनेको छ, 'कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन।'

त्यस्तै वीरगंजमा निको भएकी एक जना ३६ वर्षीया नर्स डेढ महिनाकै अवधिमा दोस्रो पटक संक्रमित भएकी थिइन्।

नारायणी अस्पतालको आइसियू वार्डमा कार्यरत स्टाफ नर्सको भदौ १० गते राति दोस्रो पटक संक्रमित भएको पुष्टि भएको थियो। उनी डेढ महिना पहिले नारायणी अस्पतालमा काम गर्ने क्रममा पनि संक्रमित भई एक सातापछि निको भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell