PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दुई दिनपछि जवान साउद मृत अवस्थामा खोलामा भेटिए



पहिलोपोस्ट

दुई दिनपछि जवान साउद मृत अवस्थामा खोलामा भेटिए

कैलालीः शनिवार देखी बेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला पारेको छ।

दुई दिनपछि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो। सँगै गस्तमा गएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतवार शव भेटिएको थियो।

शनिवार रातिदेखि बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल भरत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो। विकको घाँटीमा काटिएको छ। घाँटी काट्नको लागि घरेलु हतियार प्रयोग भएको खुलेको छ।

अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा प्रहरीले १३ जनाको समूहलाई नियन्त्रणमा लिएको छ। उनीहरुको जानकारी अनुसार नै प्रहरीले आज बिहानै देखि थप प्रहरी जनशक्ति खटाएर जवानको खोजी गरिरहेको थियो।

सम्बन्धित समाचार 

असई विकको हत्यामा भेटियो 'क्लु', प्रहरी भन्छ : लिड पाएका छौं बेलुकासम्म केही निष्कर्षमा पुग्छौं

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell