PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ललितपुर बालिका अपहरण प्रकरण : 'जब अभियुक्तले फोन गरेर मलाई चिन्नु भयो भने'



सविन ढकाल

ललितपुर बालिका अपहरण प्रकरण : 'जब अभियुक्तले फोन गरेर मलाई चिन्नु भयो भने'
प्रतिकात्म तस्वीर

काठमाडौं : 'म राजु कार्की बोलेको चिन्नु भयो ?

सोमवार दिउँसो एक अपरिचित नम्बरबाट मीरा साह (नाम परिवर्तन) लाई फोन जान्छ। इमाडोलस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गरिरहेकी मीराले सहजै जवाफ दिइन्छन्। चिन्दिन त। को बोल्नु भएको हो?

उनको मोबाइलमा नम्बर सेभ थिएन। आवाज पनि चिनेको जस्तो थिएन। त्यसैले चिनेनन्। त्यसपछि एक्कासी कल काटियो।

फोन गर्ने पुरुषले चिनाएनन्। अनि फेरि मीराले पनि को हो? भनेर कल ब्याक गरेर चिन्न चाहिनन्। उनी गार्मेन्टको काममा नै व्यस्त भइन्।

साँझ पर्दै गयो। फेरि एकाएक अर्को कलको रिङ बज्यो। यो कल पहिले जस्तो चिन्नु भयो? के छ खबर भन्ने? सोधखोजको लागि थिएन।

एकाएक उताबाट एउटै कुरा आउँछ- तिम्री छोरी यहाँ छैन। एक जना मानिसले लगेर गयो छिटै आऊ।

मीरा आत्तिँदै कोठा पुगिन्। उनी कोठामा पुग्दा ८ वर्षीय छोरी थिइनन्।

+++

बारा सिम्रौनगढ नगरपालिका १ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मनकामना चोकमा बस्छिन् मीरा साह। उनका श्रीमान् गुड्डी साह वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन्।

उनी दुई छोरा र एक छोरीको लालनपालन र पढाइको लागि ललितपुरमा बस्दै आएकी छिन्। उनी गार्मेन्टमा काम समेत गर्छिन्। साधारण आर्थिक अवस्था भएको परिवार हो। वरपर सबैतिर छोरीको खोजी हुन्छ। तर, काहीँ भेटिनन्।

सोमवार साँझ त्यही कोठामा छोरी हराएपछि उनी प्रहरी कहाँ उजुरी दिन पुग्छिन्।

महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गत् रहेका डीएसपी मित्रबन्धु शर्माको टोलीले सोमवार राति अप्रेसन सुरु गर्‍यो। प्रहरी नभन्दै केही घण्टामा नै ८ वर्षीय बालिकाको उद्धार गर्न सफल हुन्छ।

ललितपुरमा ८ वर्षीया बालिका अपहरण : प्रहरीले केही घण्टामा नै गर्‍यो उद्धार, तीन जना समातिए

त्यस्तै, अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही हरिवन नगरपालिका वडा नम्बर ८ बासटोल घर भएका ३० वर्षीय राजु कार्की, काभ्रे नमो बुद्ध नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय सीता परियार र धनुषा धारपानीका ४० वर्षीय कृष्ण तोलामीलाई नियन्त्रणमा लिन सफल हुन्छ। उनीहरूले बालिका कोठाभन्दा बाहिर खेलिरहेको समयमा अपहरण गरेको खुलेको छ।

घटनाको मुख्य योजनाकार राजु कार्की भएको खुल्छ।

+++

सोमवार दिउँसो मीरालाई कल आएको  मोबाइल नम्बर तिनै राजु कार्कीको हुन्छ। सोमवार मध्यान्हदेखि राजु र कृष्ण बालिकाको कोठा नजिकै रहेको खाजा पसलमा आएर बसिरहेका थिए। त्यही क्रममा उनीहरूको नजरमा बालिका परेकी थिइन्।

उनी खेलिरहेको समयमा बेलाबेला उनीहरूले बालिकालाई खाजा घरमा ल्याएर खाजा खाने समेत खुवाएको अनुसन्धानमा खुलेको छ।

'उनीहरूले दिउँसो देखिनै बालिकालाई रेकी गरेको देखिन्छ। फकाउन खाजा खुवाउने बोलीचाली गर्ने गरेको पाइयो,' महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले भने।

उनीहरूले नै बालिकासँग उनकी आमाको नम्बर मागेर फोन गरेका थिए। मुख्य योजनाकार भनिएका राजु र बालिकाकी आमा बीच एक वर्षअघि गार्मेन्टमा काम गर्ने क्रममा नै देखादेख भएको खुल्छ। जब मीरा गार्मेन्टमा काम गर्न भइन्। त्यसको ७/८ दिनमा नै राजुलाई गार्मेन्टका मालिकले राजुलाई कारबाही गरेर निकाल्दिएका थिए।

'यो मान्छे अलिक फटाहा फटाहा नै हो। त्यतिखेर उनीहरू बीच कुराकानी भएको थिएन। यसले चाहिँ याद गरेको देखिन्छ। बच्चीलाई पनि गार्मेन्टमा एक दुई पटक देखेको रहेछ,' डीएसपी शर्माले भने।

सोमवार साँझ बालिकालाई लिएर उनी भान्जी ज्वाइँको कोठामा लगेका थिए। समातिएका दुई जना भान्जी ज्वाइँ हुन्। उनीहरू तीन जनासँगै बस्दै बस्दै आएका थिए।

तर, उनीहरूले किन अपहरण गरे भन्ने अझै प्रस्ट भइसकेको छैन। उनीहरूले बयानमा बालिकालाई माया लागेर खाना खान लगेको बताएका छन्। तर, प्रहरीले जब 'क्लु' राजु कार्कीको नम्बरमा फोन गरेको थियो। फोन उनी भान्जी भनिने सीताले उठाएकी थिइन।

'हामीले प्रहरी बालिका खोइ भनेर सोध्दा समेत उनले उल्टै अव्यवहारिक जवाफ फर्काइन्। त्यसपछि गलत लोकेसन दिइन्। अनि मोबाइल अफ गरिन्,' एक अनुसन्धान अधिकृतले सुनाए।

नचिनेको मानिसले बालिका किन लगे? दिउँसो देखि रेकी गरेर बालिका लग्नु खाना खुवाउन मात्र थियो? यही शङ्कास्पद प्रश्नको जवाफ प्रहरीले खोजी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell