A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a923de6a2a7d8.80748022): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a923de6a2a7d8.80748022,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a923de80eab99.30865073): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a923de80eab99.30865073,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रअ प्रमुखको बालुवाटार यात्राबाट उत्पन्न तरंगको ओलीमाथि के पर्ला असर? प्रचण्ड-नेपाल पक्ष 'एग्रेसिभ' बन्ने
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

रअ प्रमुखको बालुवाटार यात्राबाट उत्पन्न तरंगको ओलीमाथि के पर्ला असर? प्रचण्ड-नेपाल पक्ष 'एग्रेसिभ' बन्ने



प्रकाश भण्डारी

रअ प्रमुखको बालुवाटार यात्राबाट उत्पन्न तरंगको ओलीमाथि के पर्ला असर? प्रचण्ड-नेपाल पक्ष 'एग्रेसिभ' बन्ने

काठमाडौं : भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि आलोचना सुरु भएको छ। 

भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा विवाद भइरहँदा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्प कमल दाहल प्रचण्डबीच विवाद बढिरहेका बेला रअ प्रमुख गोयलसँग ओलीको भेटलाई महत्वका साथै हेरिएको छ। भारतसँग सीमा विवाद कायम रहेको बेलामा संक्रमणबीच विशेष पर्मिट लिएर प्रधानमन्त्रीलाई भेट्न आएको पुष्टि भएपछि नेकपाकै नेताहरु नै उक्त भेटलाई आपत्तिजनक भएको भन्दै आलोचनामा उत्रिएका हुन्।

स्थायी कमिटी सदस्य भीम रावलले गोयल र ओलीको भेट कुटनीतिक मर्यादा विपरित भएको भन्दै विरोध गरेका छन्। उनले ट्वीट गर्दै भेटबारे आपत्ति जनाएका हुन्। नेकपाको नीति र घोषणा विपरित गोयलसँग ओलीले भेट गरेको रावलको दाबी छ।

 

भारत सीमा विवादको बारेमा कुरा नै गर्न नचाइरहेको बेलामा गोयलले पूर्व प्रधानमन्त्रीहरुसँग समेत भेट गरेको बताइएको थियो। तर नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहल प्रचण्ड, बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आफूहरुले गोयललाई नभेटेको भन्दै स्पष्टिकरण नै दिए।

गोयल काठमाडौं आएपछि बिहीवार बिहानै नेकपाका केन्द्रिय सदस्य बिष्णु रिजालले दुई अध्यक्षको विवाद बढेसँगै नेकपा एकिकरणमा समस्या उत्पन्न भएको बताएका छन्। उनले फेरी जहाज हल्लिन थालेको भन्दै ओली प्रचण्डको विवाद बढेको टिप्पणी गरेका छन्।

'फेरि जहाज हल्लिन थाल्यो- पाइलट थाकेको हो कि मौसम बदलिएको हो ? गन्तब्यभन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहै हुनुपर्ने हो । यस्तो बेला पछाडि बसेका यात्रुलाई असाध्यै डर लाग्छ,' उनले भनेका छन्।

नेकपाको ६ महिना लामो विवाद समाधान नहुदै ओलीले कर्णालीमा आफूखुसी मुख्यमन्त्रीलाई हटाउन लागेको भन्दै क्रूद्ध बनेका प्रचण्ड रअ प्रमुख गोयललाई भेटेपछि उनीविरुद्ध आक्रमक रुपमा उत्रिने तयारीमा छन्।

प्रचण्ड निकट स्रोतका अनुसार पार्टीको जानकारी बिनै ओलीले रअ प्रमुखलाई बालुवाटारमा बोलाएको भन्दै प्रचण्ड आक्रमक बनेका हुन्। बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पनि ओलीले कुटनीतिक मर्यादा नाघेर रअका प्रमुख भेटेको भन्दै रुष्ट बनेका छन्।

नेपाल निकट नेताका अनुसार ओलीको पद फेरी पनि धरमराउने स्थितिमा पुगेको छ। ओली विरुद्ध मोर्चाबन्दीमा उत्रिएका नेताहरु फेरी पनि ओलीको कार्यशैलीलाई लिएर क्रुद्ध बनेका हुन्।

नेकपामा ओली प्रचण्डको विवाद बढेपछि हाल उनीहरुको भेटघाट तथा बोलचाल बन्द भएको छ। ओली समुहले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अविश्वासका प्रस्ताव मार्फत हटाउन खोजेपनि नेपाल समुहको असहयोग पछि रोकिएको छ। नेपाललाई फकाउन ओलीले हरसम्भव प्रयास गरेपनि सफल नभएको बताइएको छ।

यसअघि ओलीले असारमा पार्टीमा विवाद बल्झिदै गएपछि भारतसँग मिलेर आफूलाई पार्टी भित्रबाट नै हटाउन लागेको बताएका थिए। उनको त्यही अभिव्क्तियका कारण नेकपाका अधिकांश सचिवालय सदस्यले उनको राजिनामा माग गरेका थिए। अहिले कोरोना संक्रमणबीच भारतसँग हवाई सेवा बन्द रहेको बेलामा गोयलको काठमाडौंको यात्राले ओलीलाई नै अप्ठेरो पर्ने विश्लेषण गरिएको छ। लिम्पियाधुरा सहतिको नयाँ नक्सा जारी गरेर राष्ट्रवादी छवी बनाएको ओली सरकारले पछिल्लो समय भारतसँग वार्ता गर्न ठोस् पहल गर्न सकेको छैन। भारतीय सेना प्रमुख पनि नेपाल आउन लागेको बेला रअ प्रमुखको बालुवाटार यात्राको बारेमा ओलीसँग उत्तर खोजिने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell