PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

भक्तपुरमा निस्किए नवदुर्गा देवगण, नृत्य गर्दै नगर परिक्रमा

भक्तपुरमा निस्किए नवदुर्गा देवगण, नृत्य गर्दै नगर परिक्रमा

समर्थ रञ्जित/पहिलोपोस्ट


भक्तपुर : कोरोना भाइरसको संक्रमणबीच सुरक्षा सतर्कता अपनाउँदै भक्तपुरमा नवदुर्गा नाच भइरहेको छ। कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा देवगणहरुले शनिवार नगर परिक्रमा गरेका छन्। कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति नवदुर्गा मन्दिर जाने प्रचलन रहेपनि यसपटक संक्रमणका कारण राष्ट्रपति मन्दिर पुगिनन्। यस पटकको नवदुर्गाको प्रसाद भने शीतल निवास पुर्‍याइएको छ।

शनिवार दिउँसो नवदुर्गा देवगणहरु नवदुर्गा मन्दिरबाट निस्किएर नृत्यु गर्दै नगरका विभिन्न क्षेत्रमा पुगेका थिए।  त्यसक्रममा भक्तजनहरुले देवगणहरुको पूजा गर्नुका साथै प्रसाद चढाएका थिए।

दशैको महानवमीमा ब्रम्हायणीमा खम्ये (राँगो) को बध गरेपछि सुरु हुने तान्त्रिक नवदुर्गा नाच उपत्यकाकै सबैभन्दा लामो समय चल्ने नाच हो। नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नृत्य प्रस्तुत गर्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell