PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

संक्रमितको उपचारमा धरौटी नलिन मन्त्रालयको निर्देशन, मृतकको संख्याबारे छानविन गर्न समिति



पहिलोपोस्ट

संक्रमितको उपचारमा धरौटी नलिन मन्त्रालयको निर्देशन, मृतकको संख्याबारे छानविन गर्न समिति

काठमाडौं: सरकारले कोभिड-१९ संक्रमितको उपचारमा धरौटी नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी अस्पतालमा कोभिड-१९ को उपचारका लागि धरौटि नलिन निर्देशन दिएको जानकारी दिए।

साथै मन्त्रालयले धरौटी लिने भन्दै सूचना जारी गर्ने अस्पतालहरुलाई स्पष्टिकरणसमेत सोधिएको उनले जानकारी दिए।

यो पनि: 

विपन्नलाई अस्पताल प्रवेशमै रोक!

प्रवक्ता गौतमले 'सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने' सरकारको पूर्ववत निर्णय यथावतसमेत रहेको उनले जानकारी दिए।

यसैबीच मन्त्रालयले कोभिड-१९ संक्रमणबाट मृत्यु भएका ब्यक्तिको संख्या फरक फरक आएको भन्दै त्यसको छानविन गर्न मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांकमा मृतकको विवरण फरक फरक छ। नेपाली सेनाले संक्रमणबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell