PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद बैठकको निर्णय



पहिलोपोस्ट

चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचारको खर्च सरकारले बेहोर्ने निर्णय भएको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले केसीको उपचारको खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

'राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभा सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,' बैठकपछि पौडेलले ट्विट गरेका छन्, 'आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।' 

लामो समयदेखि विभिन्न रोगसँग जुध्दै आएका केसीमा निमोनियाको संक्रमण थियो। त्यसैबीच उनमा कोभिड १९ पनि पोजेटिभ देखियो। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।

— Bishnu Prasad Paudel (@bpaudel1959) November 12, 2020

केसीको उपचारका लागि खर्च नभएको भन्दै हिजोमात्र उनको पार्टीको बैठकले पैसा संकलनको निर्णय गरेको थियो। हिजो बैठकपछि प्रेस वक्तव्य जारी गर्दै सहयोगका लागि आह्वान गरिएको थियो।

लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय केसी सामान्य जीवनयापन गर्दै आएका थिए। एकपटक उपप्रधानमन्त्री बनेका उनी पदमा रहेको अवधि बाहेक सधैं सार्वजनिक सवारीमा देखिन्थे। 

हिजो बसेको पार्टीको बैठकले भनेको छ, 'स्वास्थ्य स्थिति गम्भीर छ।' त्यसैले पार्टीको खातामा रकम जम्म गर्न आह्वान गरिएको थियो। 'का. चित्रबहादुर केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकाले उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको छ। सहयोगदाताहरुले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध छ,' पार्टीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको थियो।

यो पनि पढ्नुस् 

ओली र प्रचण्डको उपचारका लागि व्यापारीको प्रतिस्पर्धा, चित्रबहादुर केसी र मुनालको उपचारका लागि कसैसँग छैन पैसा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell