PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

प्रचण्डकाे दस्तावेजलाई प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाको टिप्पणी : भ्रमको पुलिन्दा, तथ्यको नांगो भ्रष्ट्रिकरण



पहिलोपोस्ट

प्रचण्डकाे दस्तावेजलाई प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाको टिप्पणी : भ्रमको पुलिन्दा, तथ्यको नांगो भ्रष्ट्रिकरण
Photo: Surya Thapa/ Facebook

काठमाडौं : शुक्रवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझाएको दस्तावेजमाथि अहिले चर्चामा छ। प्रचण्डले आफ्नो दस्ताबेजमा ओलीमाथि कयौं आरोपहरु लगाएका छन्। जसलाई लिएर अहिले सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणी भइरहेको छ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचण्डको दस्ताबेजको विरोध गरेका छन्। 

थापाले प्रचण्डले सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले अराजनीतिक प्रस्ताव बाँडेको आरोप लगाउँदै उक्त दस्तावेजलाई भ्रमको पुलिन्दाको संज्ञा दिएका छन्।

उनले प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको लाञ्छनापत्रमाथि पार्टी कमिटी बैठकमा छलफल पनि हुन नसक्ने बताएका छन्। 

अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनाेमानीपूर्ण ढंगले बाँडेकाे अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत,...

Posted by Surya Thapa on Saturday, November 14, 2020

 

थापाले उक्त दस्ताबेज नेकपाका कुनै पनि तहका बैठकमा छलफल गर्ने खालको नभएको भन्दै त्यसलाई फिर्ता लिन माग समेत गरेका छन्। 

प्रचण्डको दस्तावेजमा के उल्लेख छ : कार्यकारी अध्यक्षको जिम्मेवारीप्रति ओलीलाई प्रचण्डको प्रतिप्रश्न :हलो अड्काएर गोरु चुट्ने अनि जाली कुरा गर्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell