PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

निर्धारित भन्दा एक घण्टा पछि सर्‍यो नेकपा सचिवालय बैठक



पहिलोपोस्ट

निर्धारित भन्दा एक घण्टा पछि सर्‍यो नेकपा सचिवालय बैठक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक एक घण्टाका लागि सारिएको छ। महासचिवको आकस्मिक काम परेका कारण बैठक स्थगित भएको हो। 

मंगलावार बसेको सचिवालयको बैठकमा नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै बैठक नगर्ने अडान लिएका थिए। तर, बहुमत सदस्यले पार्टीको बैठकमा छलफल गर्नुपर्ने बताएका थिए। त्यसपछि बुधवारका लागि बैठक आह्वान गरिएको थियो। 

तर, प्रधानमन्त्री ओली सहभागी नहुने अडानमा रहेका कारण बैठक अन्यौलमा परेको थियो। 

ओलीले बैठकमा प्रस्तावबारे छलफल नहुने र प्रचण्डले माफी माग्नुपर्ने अडान राखेका छन्। प्रधानमन्त्रीले बैठकमा राखेको प्रस्तावमा महासचिव तटस्थ रहे भने बाँकी सदस्यहरुले बैठक छल्न नहुने र बैठकबाट समाधान निकाल्नुपर्ने बताएका थिए।

नेकपाको सचिवालयमा प्रचण्डले कार्तिक २८ गते फरक प्रस्ताव राखेका थिए। ओलीले त्यसलाई आरोप र कुण्ठाको संगालो भन्दै जवाफमा मंसिर १३ गते ३७ पृष्ठ लामो जवाफ लेखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell