PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओली र प्रचण्डका प्रतिवेदनलाई स्थायी कमिटीमा पेस गरिने, दुई अध्यक्षबीचको छलफलले निकालेन निकास



पहिलोपोस्ट

ओली र प्रचण्डका प्रतिवेदनलाई स्थायी कमिटीमा पेस गरिने, दुई अध्यक्षबीचको छलफलले निकालेन निकास

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेर सकिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको प्रतिवेदनलाई स्थायी कमिटीमा लगिने भएको हो।

यो पनि पढ्नुस् : नेकपाका दुई अध्यक्षको प्रस्तावमाथि भोलि नै स्थायी कमिटीमा छलफल

स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको सचिवालय बैठकमा पार्टीमा देखिएको विवादबारे छलफल भएको जानकारी दिए। उनले सचिवालय बैठकको छलफल निकास निकाल्ने गरी अघि बढेको बताए।

'छलफल निकास निकाल्न अघि बढेको छ। स्थायी कमिटीमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ,' उनले भने।

शनिवारको सचिवालय बैठक अघि बालुवाटारमा ओली र प्रचण्डले छलफल गरेका थिए। उनीहरुको छलफलमा साझा प्रतिवेदन बनाएर अघि बढने विषयमा कुराकानी भएको थियो। प्रचण्डसँगको छलफलपछि ओली बैठकमा बस्न तयार भएका थिए। श्रेष्ठले अध्यक्षबीचको छलफलले समस्याको समाधान गर्न नसक्ने बताए।

'अध्यक्षहरुबीचको आजकै छलफलले समस्या समाधान गर्न सक्दैन,' उनले भने। आइतवारका लागि स्थायी कमिटी र आउने २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell