PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

स्थायी कमिटी बैठकका लागि धुम्वाराहीमा नेकपा नेताहरु, सुरक्षा ब्यवस्था कडा



पहिलोपोस्ट

स्थायी कमिटी बैठकका लागि धुम्वाराहीमा नेकपा नेताहरु, सुरक्षा ब्यवस्था कडा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकका लागि अहिले पार्टी कार्यालय धुम्बाराहीमा नेताहरु आउने क्रम जारी छ। १ बजेका लागि बोलाइएको बैठकमा सहभागि हुन सचिवालयका सदस्यहरु पुगिरहेका छन्।

पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालयमा तय भएपछि यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको छ। 

बैठकमा प्रम केपी ओली सहभागि हुने भएपछि सुरक्षा कडा पारिएको हो। पार्टी कार्यालय धुम्बाराहिमा सुरू हुन लागेको बैठकमा ओली सहभागि हुने उनी निकट नेताहरुले बताएका छन्। शनिवारको सचिवालय बैठकमा ओलीले बैठकमा सहभागि नहुने अडान राखेका थिए। प्रचण्ड निकट नेताका अनुसार दुबै अध्यक्षका प्रतिबेदनलाई बैठकमा बाडेर अध्यनका लागि समय दिन प्रचण्ड समुहको तयारी छ।

अपडेट: बैठकमा प्रधानमन्त्री ओली सहभागि भएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell