PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्थायी कमिटी सदस्यहरुलाई पत्रमार्फत प्रधानमन्त्रीको सम्बोधन: प्रचण्डको प्रस्ताव फिर्ता नभएकाले सहभागी हुन सकिनँ



प्रकाश भण्डारी

स्थायी कमिटी सदस्यहरुलाई पत्रमार्फत प्रधानमन्त्रीको सम्बोधन: प्रचण्डको प्रस्ताव फिर्ता नभएकाले सहभागी हुन सकिनँ

काठमाडौं : आइतवारबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा पार्टीका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। बैठकमा सहभागी नभएका ओलीले बालुवाटारबाटै स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै पत्रमार्फत बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका छन्।

पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत पत्र पठाउँदै प्रधानमन्त्री ओलीले विशेष कारणले सहभागी हुन नसकेको जानकारी गराएका हुन्। 
उनले पत्रमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुरानो अडानमा कायम रहेको र उनले सचिवालयमा पेश गरेको पत्र फिर्तासमेत नगरेको भन्दै त्यसमा सहभागी हुन नसक्ने जानकारी गराएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्डको अध्यक्षतामा बसेको बैठकको सुरुमै प्रधानमन्त्रीको पत्र वाचन गरेर सुनाइएको थियो। बैठक सात दिनका लागि स्थगित भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell