काठमाडौं : मंसिर २२ गते फिल्मकर्मी एवं व्यवसायी श्वेता खड्काको विवाह भयो। उनले प्रेमी विजयन्द्रसिंह रावतसँग वैवाहिक सम्बन्ध गाँसेकी हुन्।
विजयन्द्र व्यवसायीक परिवारका हुन्। भर्खरै पढाई सकेका उनी व्यसायमा संलग्न हुने तयारीमा छन्। धनगढीमा बस्ने उनीसँग श्वेताले एक वर्ष लामो प्रेम सम्बन्ध पछि विवाह गरेका हुन्।

काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित विवाह समारोहमा दुवै परिवारले सिमित साथीभाइ र आफन्तको उपस्थित थिए।
श्वेता अभिनयभन्दा अगाडि व्यवसायी हुन्। इन्जिनियरिङ, आयात निर्यात, कफी सपसम्मका क्षेत्रमा सक्रिय उनी पछिल्लो समय फिल्म 'कान्छी'मा देखिएकी थिइन्।
उनले अभिनेत्र श्रीकृष्ण श्रेष्ठसँगै विवाह गरेकी थिइन्। श्रेष्ठको मृत्यु भएको ६ वर्षपछि पुन: वैवाहिक जीवन सुरु गरेकी उनले आफूले खुशी हुने बाटो रोजेको बताएकी छिन्। उनले फेसबुक स्टाटसमार्फत् अभिनय, व्यसाय र सामाजिक कार्यमा सक्रिय रहने समेत प्रष्ट पारेकी छिन्।

उनले आगामी दिनमा आफू एकल महिलाको सशक्तिकरणका लागि पनि काम गर्ने बताएकी छिन्। फेसबुक स्टाटसमार्फत् लेखेकी छिन् : थाती रहेका थुप्रै कामहरूमा थप उर्जा र उत्साहसहित लागि पर्नेछु।
श्वेता र विजयन्द्रको रिसेप्सन पार्टी मंगलवार नै नरलिङ रिसोर्टमा हुँदैछ।


यो पनि पढ्नुहोस् : श्वेता खड्का : जीवनको अर्को पाटो जसबारे धेरैलाई थाहै छैन
