PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा खासखुस, के फेरि होला दुई नेताबीच सम्झौता?



प्रकाश भण्डारी

ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा खासखुस, के फेरि होला दुई नेताबीच सम्झौता?
File Photo

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। पार्टीभित्र विवाद उत्कर्षमा रहँदा बुधवार बालुवाटारमा भएको भेटमा  दुवै अध्यक्षबीच एक घण्टा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

'प्रचण्ड बालुवाटार आउनुभएको थियो। एक घण्टाजति छलफल भएको हो,' उनले भने।

प्रचण्ड ओलीबीच सहमतिका लागि छलफल भएपनि छलफलले कुनै निकास भने निस्केको छैन। ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर अब सहमति गरेर अघि बढन आग्रह गरेका थिए। तर यसबारे प्रचण्डले केही नभनेको बताइएको छ।

प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले भेटवार्ता भएपनि भेटमा के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको बताए। 'भेट भएको हो। तर उहाँहरुबीच के कुराकानी भयो भन्ने हामीलाई जानकारी छैन्,' उनले भने।

नेकपाभित्रको विवाद बढदै गएपछि ओली र प्रचण्डबीच लामो समय छलफल हुन सकेको थिएन। तर, २० गतेको सचिवालय बैठक अघि प्रचण्ड बालुवाटार पुगेर ओलीसँग भेट गरेका थिए। यो भेटसँगै कातिक २५ यता संवादहीनता अन्त्य भएको थियो।

ओलीले स्थायी कमिटी बैठक बहिस्कार गरेपनि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो। उक्त बेठकले दुवै अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा तय गरेको थियो। २८ गतेका लागि स्थायी कमिटी बैठक र पुष ५ गतेका लागि केन्द्रीय कमिटिको बैठक बोलाइएको छ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुह प्रचण्डको प्रस्तावलाई केन्द्रीय कमिटीसमै लिएर टुंग्याउने अडानमा छन् भने ओलीले यसलाई फिर्ता गर्नुपर्ने अडान राख्दै आएका छन्।

हाल औपचारिक तथा अनौपचारिक संवादमा रहेका ओली प्रचण्डबीच फेरी पनि नयाँ ढंगको सम्झौता हुने नेकपाका नेताहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell