PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बालुवाटारमा जारी नेकपा बैठक आजका लागि सकियो, दुई अध्यक्षको सहमति कार्यान्वयनमा लैजाने निर्णय



पहिलोपोस्ट

बालुवाटारमा जारी नेकपा बैठक आजका लागि सकियो, दुई अध्यक्षको सहमति कार्यान्वयनमा लैजाने निर्णय

काठमाडौं : पार्टीभित्रको तनावका बीच सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। १ बजे बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो।

पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अध्यादेश फिर्ता, दुवै प्रतिवेदन फिर्ता लगायतका विषयमा सहमति जुटेपछिमात्रै ओली बैठकमा सहभागी भएका थिए। 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयनमा लैजाने निर्णय भएको ब्रिफिङ गरे।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हिजको संवैधानिक परिषदको बैठकबाट कुनै पनि संवैधानिक निकायमा कुनै पनि पदको सिफारिस नभएको जानकारी गराएको श्रेष्ठले बताए। अबको स्थायी कमिटीको बेठक पुस ५ गते बस्नेछ।  साथै पुस ५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस १० गतेका लागि सारिएको छ।

अध्यादेश र प्रतिवेदन दुवै फिर्ता गर्न ओली प्रचण्ड तयार, राष्ट्रपतिको हतारो फेरि बदनाम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell