PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेकपा विभाजन उन्मुख हुँदा चिनियाँ विदेश विभागका उपमन्त्री नेपालमा, एमाले र माओवादी केन्द्रबीचको एकता अगाडि पनि थिए आएका



पहिलोपोस्ट

नेकपा विभाजन उन्मुख हुँदा चिनियाँ विदेश विभागका उपमन्त्री नेपालमा, एमाले र माओवादी केन्द्रबीचको एकता अगाडि पनि थिए आएका
फाइल फोटो: २०७४ सालमा नेपाल भ्रमणका क्रममा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्दै चिनियाँ विदेश विभागका उपमन्त्री

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ काठमाडौं आइपुगेका छन्। आइतवार मध्यान्ह त्रिभुवान विमानस्थलमा अवतरण गरेका गुओले नेपालमा उच्च राजनीतिक भेट गर्ने बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भए पनि चीनले राजनीतिक रुमा चासो व्यक्त गरेको छ। सोही अनुरुप चिनियाँ राजदूत होउ यान्छीको सक्रियतासमेत बढेको छ। नेकपाको विभाजन रोक्नका लागि यसअघि चिनियाँ राजदूतले सक्रियता देखाउँदै आएकी थिइन्। दुई पटकसम्म त्यस सक्रियताले काम गरे पनि यसपटक गर्न सकेन।

नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजन भइसकेको छ। पार्टी विभाजन हुँदै गर्दा चिनियाँ राजदूत होउले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, पूर्वसभामुख कृष्णबहादुर महरालगायतसँग भेट गरी नेकपा एकता जोगाउन पहल गर्न भनेकी थिइन्।

राजदूतको सक्रियतासँगै बेइजिङले पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीलाई नेपाल पठाएको हो।

उनले नेपालमा छँदा नेकपाका विदेश विभागका सदस्यहरुका साथै प्रचण्ड, नेपाल, र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।

यद्यपी, त्यस्तो भेट हुने कुनै कार्यक्रम नरहेको नेताका सचिवालयहरुले जनाएका छन्। स्रोतका अनुसार दूतावासले नेकपाका विदेश विभागका नेताहरु, र नेकपाका दुई समूहका तीन अध्यक्षलाई भेटको वातावरण तयार गरेको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भेटको कार्यक्रम अहिलेसम्म तय नभएको बताए। त्यस्तै, नेकपाको विदेश विभागका सदस्य विष्णु रिजालले पनि भेटको कुनै जानकारी नभएको र त्यस विषयमा नेताहरुको स्वकीय सचिवालयलाई जानकारी हुनसक्ने बताए।

यता परराष्ट्र मन्त्रालयले पनि चिनियाँ विदेश विभागका उपमन्त्रीको नेपाल भ्रमणबाट जानकारी नभएको जनाएका छन्। मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमण सरकारीस्तरबाट भएको होइन।

उपमन्त्री गुओ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण हुनु अगाडि पनि नेपाल आएका थिए। स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै २०७४ साल फागुनमा नेपाल आएका उनले नेपालमा वाम गठबन्धनको जितलाई बधाई दिँदै पार्टी एकताका विषयमा छलफल पनि गरेका थिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell