PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सूचना चुहिने डरमा लिएनन् चिनियाँ नेताले नेपालमा प्रहरीको सुरक्षा



पहिलोपोस्ट

सूचना चुहिने डरमा लिएनन् चिनियाँ नेताले नेपालमा प्रहरीको सुरक्षा

काठमाडौं : प्रतिनिधिसभा विघटन भएदेखि देशको राजनितिक गरम छ। दिनहुँ सडकमा प्रर्दशन पनि। त्यसमाथि छिमेकी राष्ट्रको चासो कम छैन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ। त्यही अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आएका छन्। पार्टी एकताअघि पनि उनी आएकाले धेरैको ध्यान उनीहरुतिर हुनु स्वभाविक रह्यो।

गुओको काठमाडौं बसाइलाई सुरक्षित बनाउन नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाएको थियो। प्रहरी प्रधान कार्यालयले नै चासोको साथ सुरक्षा प्रवन्ध मिलाएको थियो। उच्च तहका राजनीतिक व्यक्ति भ्रमणमा आउँदा सुरक्षाका लागि पहलकदमी लिनु स्वभाविक पनि हो। 

तर, नौलो चाहिँ के भयो भने चिनियाँ टोलीले नेपाली प्रहरीको सुरक्षा लिनै चाहेन। प्रहरी प्रधान कार्यालय नक्सालले परराष्ट्र मन्त्रालय हुँदै चिनियाँ दुतावाससँग सम्पर्क गरेको थियो। तर, दुतवासले नेपाली सुरक्षा आवश्यकता नपरेको जानकारी दिएपछि तयार गरिएको सुरक्षाकर्मी हटाइएको हो।

'हेडक्वाटरसमा समेत कुरा भएको हो। तर, पछिल्लो समय सुरक्षा चाहिँदैन भनेपछि हामीले तयार पारेका सुरक्षाकर्मी समेत नखटाएका हौं,' एक उच्च प्रहरी अधिकृतले भने।

चार्टर विमानबाट काठमाडौं आएको चिनियाँ टोली नेपाली सुरक्षाकर्मीको स्कटिङविना नै विमानस्थलबाट बाहिरिएका थियो। नेपालमा रहँदा चिनियाँ टोलीले नेकपाका विदेश विभागका सदस्यहरुका साथै प्रचण्ड, नेपाल, र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।

यद्यपि, त्यस्तो भेट हुने कुनै कार्यक्रम नरहेको नेताका सचिवालयहरुले जनाएका छन्। स्रोतका अनुसार दूतावासले नेकपाका विदेश विभागका नेताहरु, र नेकपाका दुई समूहका तीन अध्यक्षलाई भेटघाटको वातावरण तयार गरेको छ।

सम्बन्धित समाचार :

नेकपा विभाजन उन्मुख हुँदा चिनियाँ विदेश विभागका उपमन्त्री नेपालमा, एमाले र माओवादी केन्द्रबीचको एकता अगाडि पनि थिए आएका

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भेटको कार्यक्रम अहिलेसम्म तय नभएको बताए। त्यस्तै, नेकपाको विदेश विभागका सदस्य विष्णु रिजालले पनि भेटको कुनै जानकारी नभएको र त्यस विषयमा नेताहरुको स्वकीय सचिवालयलाई जानकारी हुनसक्ने बताए।

नेपाली सुरक्षाकर्मीको सुरक्षा लिँदा सुचना बाहिरिने भएकाले पनि उनीहरुले सुरक्षा नलिएको प्रहरीहरुको आँकलन छ। कसकसलाई भेट्छन् भन्ने कुरा प्रहरी खटाउँदा बाहिरिन्छ। तर, प्रहरीले भने चिनियाँ भ्रमणको सर्भिलेन्स भने गरिरहेको हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell