PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सुदूरपश्चिम पुगेका ओलीलाई भीम रावलको जवाफ : तपाईँको टुक्का उल्लुले मात्र पत्याउँछ



पहिलोपोस्ट

सुदूरपश्चिम पुगेका ओलीलाई भीम रावलको जवाफ : तपाईँको टुक्का उल्लुले मात्र पत्याउँछ

काठमाडौं: नेपाल कम्‍युनिस्ट पार्टी दाहाल-नेपाल समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताएका छन्।

राजधानीमा आयोजित अछाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै रावलले संविधानमा बजारेको अपबित्र बुटले टेकेर ओलीले सुदूरपश्चिमलाई अपवित्र बनाएको टिप्पणी गरे।

‘रअका प्रमुख सामन्तसँग अधेरी रातमा भेट्ने ओली भगौडा नम्बर एक हो। घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने केपी ओली हो,’ रावलले भने, ‘उहाँले धनगढीमा भगौडा भन्नुभएछ। म भन्छु भगौडा केपी ओलीको पछि नलागौं।’

आफू वन मास्ने मलाई आरोप लगाउने भनेर प्रतिवाद गरेका वनमन्त्री प्रेम आलेलाई पनि उनले जवाफ दिए। ‘प्रेम आलेले वन फडानी गरेको मिसिल चाहिए म पठाइदिउला,’ उनले भने। आले वनमन्त्री हुँदा रावलले वनमारालाई वनको जिम्मा भनेर आलोचना गरेका थिए। जवाफमा आलेले रावलले नै वन फडानी गरिरहेको र आफूलाई आरोप लगाएको दावी गरेका थिए।

रावलले केपी ओलीका ब्यङ्ग्य उनैमाथि प्रहार हुँदा दया लाग्ने गरेको बताए। ‘आम निर्वाचनमा देउवा र टीकापुरमा एउटा सीट बाहेक सुपमा सबै हामीले जितायौं। उहाँलाई माया लागेन त्यो बेला। त्यो बेला एकजना मन्त्री नदिने, अहिले बन तस्करी गरेकाहरु, मैले नै कारवाही गरेकाहरू अघि सारेर ठूलो कुरा गर्ने?’ उनले प्रश्न गरे।

रावलले प्रधानमन्त्रीले आफूलाई नक्कली राष्ट्रवादी भनेकोमा जवाफ फर्काउँदै भने, ‘केपी ओलीको टुक्का उल्लुले मात्र पत्याउँछ।’

‘झुटा र भ्रष्टाचारीलाई संरक्षण गर्ने कस्तो प्रम माटोले जन्माएछ। केपी ओलीलाई पार्टीले जन्माएकोमा क्षमा चाहान्छौं,’ रावलले भने।

पार्टी विभाजन गर्ने ओली भएको उनको आरोप छ। ‘जो ब्यक्ति आफ्नो पद जान लागेको भनेर रोइकराई गरिरहेको थ्यो आज पार्टी जोगाउन मन्त्री दिएको रे। माधव नेपाल र प्रचण्डको बहुमत हुँदा पनि प्रम हुन खोजेनन्,’ रावलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell