PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्रीले सम्बोधन गरेको राष्ट्रियसभा बैठक प्रचण्ड-नेपाल समूहका सदस्यले गरे बहिष्कार



पहिलोपोस्ट

प्रधानमन्त्रीले सम्बोधन गरेको राष्ट्रियसभा बैठक प्रचण्ड-नेपाल समूहका सदस्यले गरे बहिष्कार

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहका सदस्यहरुले आइतवारको राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्री बैठकमा सहभागी हुने भएपछि प्रचण्ड-नेपाल समूहका सदस्यले बैठक बहिष्कार गरेका हुन्।

पार्टीमा सल्लाह गरेरै बैठक बहिस्कार गरेको राष्ट्रिय सभाका सदस्य वेदुराम भुषालले जानकारी दिए। 'म मात्रै होइन दलका अरु सदस्यले पनि भाग लिनु भएन। हामी सल्लाहमै बैठकमा नगएका हौं,' उनले भने।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको अबस्थामा छ। प्रचण्ड नेपाल खेमाले संघर्षका कार्यक्रम अघि बढाएको छ भने ओलीले बैसाखमा चुनाव घोषणा गरेका छन्।

आजै प्रचण्ड नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै छ। प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन पछि राष्ट्रियसभा बैठकमा सम्बोधनका लागि वानेश्वर पुगेका थिए। 

यसैबीच आजै देखि संघीय संसदको चालु अधिवेशन अन्त्यसमेत भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell