PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

यस्तो देखियो असन हुँदै वसन्तपुर पुगेको काँग्रेसको विरोध प्रदर्शन

यस्तो देखियो असन हुँदै वसन्तपुर पुगेको काँग्रेसको विरोध प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिपक्षी दल काँग्रेस सडकमा ओर्लिएको हो।

यही अवसरमा वसन्तपुरमा काँग्रेसले विरोध प्रदर्शन गर्‍यो। काठमाडौं महानगर काँग्रेसको आयोजना भएको प्रदर्शन शान्ति बाटिका, असन हुँदै वसन्तपुरमा विरोध सभामा परिणत भएको थियो। विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेको उल्लेख गर्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताए

उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने उल्लेख गर्दै थपे, 'मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ? कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो। निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन।'  उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ? भनी प्रश्नसमेत गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell